सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेश बस्नेत, किशान श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध अपहरणको मुद्दा दर्ता

काठमाडौं- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी निवेदन दर्ता गरेको छ।

सांसद डा. यादवले आफुलाई अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनाल विरुद्ध दिएको निवेदन दर्ता गरेको हो। यसअघि अध्ययनका लागि केही समय चाहिने भन्दै सरकारी वकिल कार्यालयले उजुरी लिएको थिएन।

सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले सोमबार डा. यादवको उजुरी दर्ता भएको बताए। प्रहरीले जाहेरी लिन नमानेपछि कानूनअनुसार सरकारी वकिल कार्यालयमा दर्ता भएको उनले बताए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले भने, ‘जाहेरी लिएर प्रहरीमा गएका थियौँ। तर प्रहरीले इन्कार गरेपछि कानून अनुसार यहाँ (सरकारी वकिल कार्यालय) मा दर्ता हुनुपर्ने हो। त्यसैले यहाँ गरिदिनुपर्‍यो भनेर उहाँहरु आउनुभयो। त्यसैले विषय के रहेछ। हेर्नुपर्‍यो भनेर कानूनले दिएको जिम्मेवारी अनुसार निवेदन दर्ता भएको छ। ’

Dirghayu Ads

सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी आवश्यक कारवाहीका लागि प्रहरीमा पठाउनुपर्ने कानूनी प्रावधान अनुसार उजुरी प्रहरीकोमा पठाइने छ। मुलुकी फौजदारी कार्य्विधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ।

र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ। यसअघि डा. यादव लगायतका नेताहरु सरकारी वकिलको कार्यालय पुगेपनि निवदेन दर्ता भएको थिएन।

प्रहरी र सरकारी वकिल कार्यालयले निवेदन दर्ता नगरेपछि डा. यादवले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.