Friday, December 4, 2020

सालीसँग प्रेममा परेपछि श्रीमतीको हत्या

- Advertisement -

जनकपुरधाम – सालीसँगको प्रेममा श्रीमती हत्या गरेको घटना बाहिर आएको छ । धनुषाको मिथिला नगरपालिका ९ लालभित्तिमा सालीसँगको प्रेम सफल गर्न आफ्नै श्रीमतीको हत्याको घटना बाहिर आएको छ ।

२८ वर्षीय श्रीमान् हरि चौहानले सालीसँगको प्रेमपछि श्रीमती हत्या गरी जङगलमा शव गाडेको अवस्थामा चार दिनपछि प्रहरीले फेला पारेको छ । १८ गते हराएकी भनिएकी विणा चौहान लामाकी बुवा पदम बहादुर लामाले २१ गते प्रहरीसमक्ष खोजतलास गरिदिन उजुरी दिएका थिए।उजुरीका आधारमा प्रहरीले अनुसन्धानको क्रममा श्रीमान हरिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।

इलाका प्रहरी कार्यालय धनुषा ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले भने, ’हरि र बहिनी गंगाको सम्बन्धबारे बीणाले श्रीमान्लाई पटक(पटक भनिरहँदा पत्निबाट छुटकारा पाउन हत्या गरेको देखिन्छ।’

प्रहरी निरीक्षक कार्कीले अनुसन्धानको क्रममा १८ गते हराएकी विणाको २१ गते आइतबार उजुरी पर्नासाथ उनका श्रीमान पक्राउ परेका थिए। पक्राउपछि अनुसन्धान गर्दै जादा ८ बजे राती हरीले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साली गंगासँग बिहे गर्न तथा श्रीमतीबाट छुटकारा पाउनका लागि श्रीमतीलाई फकाएर बालो काट्ने बहानामा वैशाख १८ गते साँझ ५ बजे जङगल पठाएको र आफू पनि गएर श्रीमतीले प्रयोग गरेको सलले घाँटी बेरेर हत्या गरेर शव खाल्डोमा पुरिदिएको अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीलाई दिएको बयानमा श्रीमतीको हत्या गरी शव गाडेको स्वीकार गरेपछि प्रहरीले आइतबार १० बजे राति शव गाडेको स्थनबाट उत्खनन गरेर शव ल्याएको प्रहरी निरीक्षक कार्कीले जनाए।

पाँच वर्षअघि विणासँग अन्तरजातीय विवाह गरेको चौहानको परिवारले स्वीकार नगर्दा ससुरालीकै छेउमा घर बनाएर बस्दै आएका थिए । नजिकै घर भएकोले सालीको आउँजाउँबाट गंगासँग एकतर्फी प्रेममा हरी रहेको प्रहरीले भनाई छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

घटनाका अभियुक्त हरी चौहानलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक विणाको चार वर्षकी छोरी र अढाई वर्षका एक छोरा छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ

on पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ काठमाडौं । आफैंले खिचेका तस्विरका कारण एक व्यक्ति समातिएका छन् । मिस्र (इजिप्ट)...

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया