Sunday, November 29, 2020

लकडाउनमा औषधि नपाएर बझाङमा एक महिलाको मृत्यु

- Advertisement -

बझाङ : साइपाल गाउँपालिका १ धलौन घर भएकी दिर्घरोगी एक महिलाको नियमित खाने औषधि नपाएर सोमबार बिहान मृत्यु भएको छ । धलौन घर भएकी ४७ वर्षीया कंकादेवी बोहराको स्थानीय अस्पतालमा मृत्यु भएको हो ।

उनको स्वास्थ्य समस्या देखिएपछि डेरा वरपर बस्ने छिमेकीले उनलाई पिठ्युँमा बोकेर दुई दिनअघि जिल्ला अस्पताल ल्याएको थियो । उनले छिमेकीको सहयोगमा काठमाडौंबाट औषधि मगाउने गरेकी थिइन। लकडाउनमा औषिध मगाउन नसकेपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बोहराले औषधि नपाएरै मृत्यु भएको बताए। डाक्टर ओखेडाले भने,’ मुटुको भल्भ समस्या भएकी बोहराले नियमित खानुपर्ने औषधि दुई हप्ता अघिदेखि नपाएर खान छोडेको रहेछ, गम्भीर अवस्थामा अस्पतालमा आएकी बोहरालाई जति प्रयास गर्दा पनि बचाउन सकिएन ।

मुटुको भल्भमा समस्या भएकी बोहराले विगत ६ वर्षदेखि नियमित औषधि सेवन गर्दै आएकी थिइन् । विगत एक वर्षदेखि सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएकी कंका बोहराले खाने गरेको औषधि दुई साताअघि सकिएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको थियो ।

मुटुको समस्या भएकी बोहरा आफ्ना पाँच वर्ष र सात वर्षका छोराको साथमा चैनपुरमा डेरा गरी बस्दै आएकी थिइन् । मृतक बोहराले औषधि सकिए पछि स्वास्थ्यमा अप्ठयारो भइरहेको आफन्तलाई समेत जानकारी गराएकी थिएन। उनको डेरा नजिकै बस्ने करिस्मा विकले भनिन्, ’लकडाउनमा औषधि नपाउँदा उनको मृत्यु भएको हो।’

एक दशकअघि मुटुको समस्या झेल्दै आएकी बोहरालाई केही वर्षअघि काठमाडौंमा उपचार गर्दा डाक्टरले अप्रेशन गर्नुपर्ने सुझाव दिएका थिए। त्यत्तिबेला उनका श्रीमानको मृत्यु भएपछि उपचार रोकिएको थियो।त्यसकै केही वर्षपछि देबरको समेत मृत्यु भएपछि उनी बिचल्लीमा परेकी थिइन्।

मृतक बोहराले एकल महिला भत्ताले छोराछोरीको पढाइ खर्चका साथै आफ्नो औषधि खर्चको जोहो गर्दै आएकी थिइन्। आमाको मृत्यु भएपछि बालबालिकाको बिजोग भएको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया