Friday, November 27, 2020

सहमतिको प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्ड र विष्णु पौडेललाई

- Advertisement -

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् ।

सोमबार बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि कार्यकारी अध्यक्ष र महासचिवले प्रस्ताव तयार पार्ने भएका हुन् । अब अध्यक्ष र महासचिवले शनिबार बसेको सचिवालय बैठकको सहमति र भावनाअनुसार प्रस्ताव तयार पार्ने छन् ।

बालुवाटारमा सोमबार भएको दुई अध्यक्षवीचको भेटमा गत मंसिर ४ गतेको सहमतिमै फर्किने गरी त्यसको व्यवहारिक कार्यान्वयनको मोडालिटीसमेत तयार भएको स्रोतले जनायो ।

मंसिर ४ गतेको निर्णयमा प्रधानमन्त्री केपी ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी काम सञ्चालन गर्ने भनिएको थियो ।

सो निर्णयमा पार्टीका बैठकको अध्यक्षता ओली र प्रचण्डले संयुक्त रुपमा गर्ने तर आमरुपमा बैठकको अध्यक्षता प्रचण्डले गर्ने भनिएको थियो । सो निर्णयपछि एउटा स्थायी कमिटी बैठक प्रचण्डले सञ्चालन गरे पनि केन्द्रीय कमिटी र सचिवालय बैठकहरु संयुक्त अध्यक्षतामै सञ्चालन भएका छन् ।

नेकपाले स्थायी कमिटी बैठक वैशाख २५ गते बोलाएको छ । स्थायी कमिटीअघि २४ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष र महासचिवले तयार पारेको प्रस्तावमाथि छलफल हुनेछ । स्थायी कमिटी बैठकमा सचिवालयबाट सहमतिको प्रस्ताव जाने नेकपा स्रोतले जनाएको छ ।

पछिल्ला सचिवालय बैठकहरुमा त प्रचण्डको कुर्सीसमेत अन्य सदस्यहरुसँग राखिएपछि उनले असन्तुष्टि जनाउँदै आएका थिए । पार्टी बैठक बोलाउने र सन्चालन गर्ने काममा आफूलाई ओलीले असहयोग गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए । वैशाख २० गतेको बैठकमा पुनः प्रचण्डको कुर्सी ओलीसँगै राखिएको थियो ।

नेकपा स्रोतका अनुसार अब पार्टी सन्चालनको मुख्य जिम्मेवारी व्यहावरिक रुपमै प्रचण्डले पाउनेछन् । त्यस्तै ओली मूल रुपमा सरकार सन्चालनमा केन्द्रित हुने गरी प्रस्ताव तयार हुन लागेको छ । यसका साथै पार्टीलाई सहमतिमा सञ्चालन गर्ने सन्दर्भमा अन्य केही प्रस्ताव पनि छलफलमा रहेको स्रोतले जनाएको छ ।

स्रोतले भन्यो–दुई अध्यक्षबीच शनिबारको बैठकअघि के गोप्य सहमति भयो भन्ने धेरैलाई चासो छ । तर, उहाँहरुबीच अरु केही होइन, मंसिर ४ गतेको सहमति दुवैले अक्षरशः पालना गर्ने भन्नेमै समझदारी भएको छ । त्यसो हुँदा प्रचण्ड पार्टी सञ्चालनमा र ओली सरकार सञ्चालनमा एक अर्कासँग सहमतिका साथ केन्द्रित हुनुहुन्छ ।

अन्य नेताहरुको व्यवस्थापन र कतिपय कार्य्विभाजनमा नमिलेका भए सहमतिका साथ प्रस्ताव लगेर मिलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । दुवै अध्यक्षले सोही निर्णयको अक्षर र भावनाका साथ अघि बढ्ने समझदारीपछि पार्टीमा उत्पन्न संकट समाधानको दिशामा गएको नेताहरुले बताएका छन् ।

ओली र प्रचण्डबीचको भित्री सहमतिबारे अझै नेकपामा आशंका छ । आइतवार आफू निकट नेताहरुसँगको छलफलमा माधव नेपालले प्रचण्ड र आफू एकै ठाउँमा रहेको बताएका थिए । नेपाल पक्षले एक व्यक्ति एक पदको मर्म अनुसार चल्नुपर्ने अडान राखिरहेको छ ।

यसबीचमा ओलीले सरकार सञ्चालनमा पार्टीको निर्देशन अनुसार अघि बढ्ने,मन्त्रिपरिषद उपयुक्त समयमा पुनर्गठन गर्ने र कतिपय नेताहरुको कार्य्विभाजनमा समेत सहमतिका साथ हेरफेर गर्ने सहमतिमा भएको चर्चा चलिरहेका छ ।

अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले बुधवार बिहानसम्म सहमतिको प्रस्ताव तयार पारेपछि पुनः दुई अध्यक्षबीच छलफल भएर सचिवालयमा जानेछ ।

पौडेल भन्छन्–भ्रम फैलाउन खोजिँदैछ

यसैबीच उपाध्यक्ष बामदेव गौतम र आफूले माधव नेपाललाई प्रधानमन्त्री बन्ने प्रस्ताव लगेको हल्ला नियोजित रुपमा चलाइएको भन्दै महाचिव बिष्णु पौडेलले आपत्ति जनाएका छन् । नेकपाभित्र देखापरेका समस्या समाधान भएर पार्टी एकताबद्ध रुपमा अघि बढेको देख्न नचाहनेहरुले बिभिन्न माध्यमबाट नियोजित हल्ला चलाएको उनले बताए ।

महासचिव पौडेलले भने, पहिलो कुरा त माधव कमरेडसँग त्यस्तो कुनै प्रस्ताव लगेको होइन र उहाँले त्यस्तो त्यस्तो कुरा गर्नुभयो भन्ने म सोच्न पनि सक्दिनँ । केही व्यक्तिले हामीलाई मात्र होइन, उहाँलाई समेत विवादमा पार्न उडन्ते प्रस्तावका कुरा प्रचारमा ल्याएका हुन सक्छन्, त्यसमा सत्यता नरहेको र भ्रममा नपर्न म सबैमा आग्रह गर्छु ।

महासचिव पौडेलका पहलमा नेताहरुबीच आपसी समझदारी कायम गर्दै सरकार र पार्टीलाई बलियो रुपमा अघि बढाउने प्रयत्न सफल भइरहेका बेला भ्रमको खेति चलाउन खोजिएको राष्ट्रियसभामा सत्तापक्षका प्रमुख सचेतकसमेत रहेका नेकपा नेता खिमलाल भट्टराईले बताए ।

उनले उपाध्यक्ष गौतम र महासचिव पौडेललाई विवादमा तान्ने र पार्टीमा एकता नचाहनेहरु पहिचान लुकाएर मिडियाबाजीमा उत्रिएको आरोप लगाए । पार्टीमा बलियो एकता र नेताहरुबीच समझदारी हुन लाग्दा यस्ता भ्रामक प्रचारबाजी हुने गरेको उनको दावी छ ।

पार्टी एकता प्रक्रियामा महासचिव पौडेलको भूमिका नरुचाएकाहरुले अन्तरविरोध सिर्जना गर्न खोजिरहेको उनले बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

देशले राजा र हिन्दुराष्ट्र मागेकै हो त ? पूरा विवरण पढेर...

जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया