Saturday, November 28, 2020

फेरि कहिले शुरू होला विश्वमा पहिलेजस्तै घुमफिर, कहिले खुल्छ पर्यटन ?

- Advertisement -

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण करिब दुई महिनायता विश्व ठप्प छ । धेरैजसो देशरुले लकडाउन घोषणा गरेका कारण विश्वभरको हवाई उडान लगभग ठप्प अवस्थामा छ । यस्तोमा अवस्थामा दैनिक देश–बिदेशको भ्रमणका लागि निस्कने पर्यटकहरु आफ्नो घुमफिरका योजना रद्द गरेर घरमै थन्किन विवश भएका छन् ।
लाखौं हवाइजहाजहरु बिमानस्थलमा यत्तिकै थन्किएका छन् । पर्यटन उद्योग पूरै ठप्प अवस्थामा छ । होटल, रेष्टुराँलगायत पर्यटकका लागि सञ्चालनमा रहेका व्यवसाय बन्द छन् । पर्यटन क्षेत्रमा काम गर्ने करोडौं व्यवसायी, कामदार प्रभावित भएका छन् र दैनिकै खर्बौ रुपैयाँको व्यवसाय प्रभावित भएको छ । कहिले शुरु होला त ट्राभल ? पहिले जसरी नै ट्राभल कहिले शुरु हुन्छ भन्नेमा अहिले कुनै निश्चित अनुमान गर्न गाह्रो छ । यसका विभिन्न कारणहरु छन् । ट्राभलका लागि सबैभन्दा पहलिा लकडाउन हट्न आवश्यक छ । जस्तो ब्रिटेनले यात्राबिरूद्ध हालको सल्लाह एफसिओ (फरेन एण्ड कममनवेल्थ अफिस) हटाउन आवश्यकता पर्दछ । यदि तपाईं यस सल्लाहको बिरूद्ध यात्रा गर्नुहुन्छ भने तपाईकोे आफ्नो ‘ट्राभल इन्सुरेन्स’ अवैध हुनेछ । केही अन्य देशहरूले यस्तै ‘ट्राभल एडभाइजरी’ (यात्रा सल्लाह) जारी गरेका छन् । अहिले धेरैले पर्यटन उद्योग पुनः जुलाई र अगस्ट अगावै शुरु हुने बताइरहेका छन् । यो समयमा पुनः यात्रा गर्न सक्षम हुनेछौं भनेर भविष्यवाणी गरिरहेका छन् भने केहीले सेप्टेम्बर पछाडि बढी सम्भावना छ भनेर सुझाव दिइरहेका छन् । कसरी शुरु होला ? यो ‘स्वीच अन’ गरेजस्तो हुने छैन र हामी तत्कालै पहिलेजस्तै जहाापनि ट्राभल गर्न सक्ने छैनौं । धेरै देशहरूले तुरुन्तै पर्यटक भित्र्याउन चाहने छैनन् र अब अवस्था सामान्य छ भन्ने लागेमामात्र पर्यटकहरूको लागि ढोका खोल्नेछन् । यदि पर्यटकका लागि ढोका खुला गरे भनेपनि त्यहाँ विभिन्न ठाउँमा विभिन्न प्रतिबन्धहरू हुन सक्छन । केहि देशहरू, जस्तै अष्ट्रेलियाले लामो समयसम्म पर्यटन बन्द रहने घोषणा गरेको छ । यद्यपि यी देशहरू भित्रका पर्यटन व्यवसायीहरू पर्यटकको स्वागत गर्न व्याकुल हुनेछन र व्यवसाय जारी राख्न प्रयास भने गर्नेछन । उनीहरूले पर्यटन खोल्नको लागि आफ्नो सरकारहरूको पैरवी गरिरहेका हुनेछन् । पर्यटनका लागि यातायात प्रदायकहरूले फेरि मार्गहरू सञ्चालन गर्नु आवश्यक छ र यो एक रातमा हुन पनि सक्दैन । जस्तो एयरलाइन्स उद्योग हेर्नुहोस, अहिले धेरै विमानहरू ग्राउण्डेड अवस्थामा राखिएको छ । जबसम्म सम्बन्धित उडान गन्तब्यका लागि पर्याप्त यात्रुहरु हुँदैनन् तबसम्म एयरलाइन्स सञ्चालन हुन गाह्रो पर्नेछ । अर्कोतर्फ रेलहरू, फेरीहरू र क्रुज जहाजहरू पनि कम मात्रमात्र पर्यटक भएसम्म सेवा संचालन गर्न सक्षम हुने छैनन् । विकल्प के ? कहिले र कहाँ हामी यात्रा गर्न सक्दछौं भन्नेबारे अहिले कुनै ग्यारेन्टी छैन् । त्यसैले यो निश्चित गर्नुहोस् कि तपाईले अब बुक गर्नुभएका कुनै पनि चीज सजिलो र उपयोगी हुन सक्छ यदि आवश्यक छ भने । यदि तपाईंले आफ्नो बुकिङ रद्द गर्नुपर्यो भने के तपाईं पूरै रकम फिर्ता पाउनुहुन्छ ? यस्तो विषयमा ध्यान पुर्याउनुहोला । अवसर के हुन सक्छन ? अहिलेको अवस्था समाधान भएपछि पर्यटकका लागि विभिन्न अवसरहरु पनि आउन सक्छन् । पर्यटक आकर्षणका लागि विभिन्न देश तथा व्यवसायीहरुले आगन्तुकहरुलाई प्रोत्साहित गर्न आकर्षक छुट प्रदान गर्न सक्नेछन् । अर्कोतर्फ, अन्य व्यवसायहरूले महामारीको आर्थिक प्रभावसँग जुध्नका लागि आफ्नो दरहरू वृद्धि गर्न पनि सक्नेछन् । अहिलेको अवस्थामा एयरलाइन्स उद्योग विशेष गरी नराम्ररी घाटामा गएको छ र चेतावनी दिइएको छ कि त्यो घाटाको संयोजनको साथसाथै सामाजिक दूरी कायम राख्न सीटहरु घटाउनुपर्ने अवस्थामा प्रारम्भमा ठूलो मूल्य वृद्धि पनि हुन सक्दछ । सुरक्षाको बारेमा के ? पर्यटन क्षेत्र शुरु भएसँगै याात्राका लागि सोच्नुपर्ने के छ भने यात्रुले सामाजिक दूरी र स्वच्छताको बारेमा कति ध्यान दिनु आवश्यक छ ? पर्यटन क्षेत्र सेवाको क्षेत्र भएकाले धेरैजसो गतिविधी धेरैको लागि एकैपटक सेवा प्रदान गरिन्छ । यस्तोमा जिम्मेवार व्यवसायहरूले आफैं अभ्यास गरिएको सामाजिक दूरीको अपेक्षा गर्न सक्नुहुन्छ । कतिपय कुरामा भने तपाई आफै सचत हुनुपर्दछ । जस्तो ‘जब तपाईं चुम्बन गर्ने संस्कृतिबाट हुनुहुन्छ तब सामाजिक दूरी गाह्रो हुन्छ !’ धेरै होटलहरूले लकडाउनमा हुँदा राम्रो सफार्ई व्यवस्था गरिरहेका छन् र सामाजिक दूरीका नयाँ प्रोटोकलहरू राम्रोसँग लागू गर्न तयारी गरिरहेका छन् । जसले तपाईको एयरपोर्ट स्थानान्तरणबाट तपाईलाई सुरक्षित राख्नका लागि गर्ने गतिविधिहरूमा सबै हेर्दै आएका छन् । मुख्य कुरा सधै, सावधानीका साथ तपाइले आफ्नो ट्राभल एजेन्ट छनौट गर्नुहोस । आफुलाई लागेका प्रश्नहरू पहिल्यै सोध्नुहोस र आफ्नो चिन्ताबारे पहिल्यै प्रष्ट हुनुहोस । तर, यात्रा गर्दा सबैभन्दा बढी तपाईको सामान्य विवेक प्रयोग गर्नुहोस् ।- wanderlust.comबाट अनुवाद

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दोस्रो बैँस किन चढ्छ ४० बर्ष नाघेपछि महिलाहरुमा ?

बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् ।...

बुढा र बुढीको कथा

Nawaraj Kalauni                    बुढा र बुढीको कथा पहाडको कुनै एक गाउँमा दुई जना बुढाबुढी बस्ने हुन्छ्न। उनिहरुका...

दम्पतीहरुबीच कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ? यौन एक शारीरिक क्रिया भएपनि यसमा मानसिक तयारी र उपस्थिती अनिवार्य हुन्छ । त्यसैले यौन सम्बन्धका लागि श्रीमान...

नारीका यी स्वभावले बिग्रन्छ घर परिवार, बन्छ जीवन नर्कसमान

भनिन्छ, कुनैपनि घरको सौभाग्य भनेको नारी हो। असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ।तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ।...

आफूलाई आ’कर्षक देखाउन के गर्छन् ब’लिउड अभि’नेत्रीहरु

हिले को’रोनाको कारण मे’कअप गर्ने, पा’र्लर धा’उने अनु’कुल वा’तावरण छैन । त्यसो त धेरैजसो अ’वस्थामा घ’रभित्र बस्नुपर्ने, हिँ’डडुल गर्दा मास्क लगाउनुपर्ने भएकाले पनि मे’कअप...

रोमान्टिक यौ’न कथा ः अब अर्को पटक चाहिँ सिकेर मात्र आउनु...

हजुर लाइ बच्चा बनाउन के गर्नु पर्छ भनेर त राम्रो संग आउँदो रैछ, तर नबनाउन के गर्नु पर्छ भनेर चाहिँ सिकाउनै पर्ने भएछ।” उसले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया