Saturday, November 28, 2020

भारतमा नेपालीको विजोग: भन्छन् ‘सरकार हामीलाई चाँडै स्वदेश लैजाउ’

- Advertisement -

कञ्चनपुर । १९ बैशाख ।
उत्तरी छिमेकी देश चीनको बुहान शहरबाट देखिएको कोरोना भाईरस यतिबेला विश्वका शक्तिशाली राष्ट्रदेखि विकासोन्मुख मुलुकसम्म प्रभाव पारेको छ ।
कोरोना भाईरस(कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका नेपाल–भारत दुवै देशले लकडाउन गरेको छ ।

कोरोना संक्रमण फैलिन नदिन नेपाल भारत दुवै देशविच सीमा क्षेत्रमा आवत पूर्ण बन्द गर्ने सहमती अनुरुप कडाई गरिएको छ ।

दुईतिर भारतसंग सीमा जोडिएको कञ्चनपुरमा समेत सीमा क्षेत्रमा कडाई पारिएको हो । तर, भारतमा रहेका आफन्तलाई स्वदेश ल्याउनुपर्ने माग अघि सारेर कञ्चनपुरको महाकाली नगरपालिका घेराउ गरिएको छ ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपालीलाई घर ल्याउनुपर्ने व्यवस्थाको माग अघि सारेर स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।

चुनावका बेला भारतमा रहेका आफन्तलाई जसरी भोट दिलाउ मगाउनुभयो, अहिले संकट पर्दा पनि त्यसै गरि ल्याउनुपर्ने व्यवस्थाको माग अघि सारेर आन्दोलनमै उत्रेका हुन् ।

लकडाउन नै उलङघन गरेर सयौँको संख्यामा नगरपालिका पुगेका स्थानीयले चुनावका बेला भारत लगायत विदेशमा रहेका आफ्ना मान्छेलाई बोलाउन करकाम गर्ने गरेको, तर अहिले संकट पर्दा जनप्रतिनिधीले ल्याउन पहल समेत नगरेको उनीहरुको आरोप छ ।

नेकपाका युवा नेता एव महाकाली नगरका स्थानीय भरत भट्टले लकडाउनका कारण भारतमा अडकिएका आफन्तलाई स्वदेश फिर्ताको माग राखेर स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेको बताए ।

उनका अनुसार भारतमा रहेका नेपालीलाई खाद्यान्न बस्नको समस्या भएकाले यथाघिश्र नेपाल फर्काउनु पर्ने माग अघि सारेका छन् । उनीहरुले भारतबाट ल्याएर नेपालमा क्वारेन्टाईनमा बस्न तयार भएको बताएका छन् । चीनमा पनि कोरोना संक्रमण हुँदा सरकारले आफ्ना नागरिकलाई उद्दार गरेर ल्याएको भन्दै भारतमा रहेका नेपालीलाई किन नल्याउने भन्दै प्रशन गरिरहेका छन् ।

महाकाली नगरपालिका प्रमुख बीर बहादुर सुनारले कामका लागि भारतमा रहेका नेपालीका आफन्तले स्वदेश फिर्ता ल्याउनुपर्ने माग अघि सारेर कार्यालयमा आएको बताए । नगर प्रमुख सुनारका अनुसार भारतमा रहेका आफन्तले राखेको माग नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय समेत गरेर स्थानीय प्रशासन, प्रदेश र संघीय सरकारलाई पत्राचार गरेको बताए ।‘जनताले हामीसंग राखेको माग सिधै हामीले निर्णय नै गरेर प्रदेश र संघीय सरकारमा बुझाएका छौँ, ‘नगर प्रमुख सुनारले भने, ‘यो विषय हाम्रो तहबाट हुँदैन् ।’
शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूर खतिवडा सहितको टोलीसंग पनि स्थानीयले यथाघिश्र भारतमा रहेका आफन्तलाई स्वदेश ल्याउनुपर्ने माग अघि सारेका थिए । नगर प्रमुख सुनारका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले पनि यो दुवै देशको विषय भएकाले भारतमा रहेका नेपाली फिर्ता ल्याउने विषयमा पहल थालिने बताएका थिए । पुनर्वास नगरका स्थानीयले समेत भारतबाट नेपाल आउने नेपालीलाई सीमा क्षेत्रबाट फकाईएको भन्दै उनीहरुलाई पनि नेपाल ल्याएर क्वारेन्टाईनमा राख्नुपर्ने माग अघि सारेका थिए । पुनर्वास नगरपालिका ९का वडाध्यक्ष नारायण जैसीले स्थानीयबाट भारतमा रहेका नेपाली फिर्ताको माग गरिएको बताए ।
स्थानीयले भारतमा रहेका आफ्न्त संकटमा रहेकाले उनीहरुको उद्दार गर्नमा सहयोग नगरे आन्दोलनको चेतावनी दिएका छन् । भारतबाट गत १८ चैत्रमा नेपाल फर्किन लागेका २ सय ३ जनालाई भारतको बनबासा, टनकपुरका क्वारेन्टाईनमा राखिएको छ । उनीहरुलाई पनि फिर्ता ल्याउनुपर्ने माग अघि सारेका छन् । तर, स्थानीय प्रशासनले भने गृहको आदेश कुरिरहेको जनाउदै आएको छ ।

भारतका विभिन्न स्थानमा रहेका नेपालीले खाद्य संकट भएको भन्दै खाद्यान्नको समेत माग गर्दै आएका छन् । उनीहरुले खाद्यान्नको माग अघि सारेका छन् । बैतडीका दोगडाकेदार गाउँपालिका ७चटेपानीका भानदेव भट्टले भारतको नयाँ दिल्ली स्थित आजातपुर पटेल नगरमा रहेका एकै वडाका ६०जना अलपत्र परेको बताए ।

उनका अनुसार विभिन्न होटेल लगायतका क्षेत्रमा काम गर्दै आएका छन् । यस्तै अपीसाईपाल नेपाली एकता समाज भारत दिल्ली सुवाशनगरका अध्यक्ष बासुदेव जोशी(बादल)ले भारतका रहेका नेपालीको विजोग भएको बताए ।

उनले भारतमा रहेका नेपालीको विषयमा सरकारले वेवास्ता गरेको दुखेसो पोखे । भारतमा रहेका नेपाली भोकभोकै र केही क्वारेन्टाईनमा अडकिएको बताए ।

अध्यक्ष जोशीले आफ्ना नागरिकप्रति सरकारले ध्यान नदिएको दुखेसो पोखे । उनीहरुले कमाई सकिएको भन्दै सरकारले खाने बस्ने र घर फिर्ताको माग अघि सारेका छन् । भारतभर अझै लाखौँ नेपाली रहेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिने

सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सगरमाथाको नयाँ उचाइ यसै महिना सार्वजनिक गर्ने भएको...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया