Saturday, November 28, 2020

सशस्त्र प्रहरी घामपानी छिचोल्दै निरन्तर फिल्डमा 

- Advertisement -

कञ्चनपुर, १९ बैशाख

उत्तरी छिमेकी देश चीनको बुहान शहरबाट देखिएको कोरोना भाईरस यतिबेला विश्वका शक्तिशाली राष्ट्रदेखि विकासोन्मुख मुलुकसम्म प्रभाव पारेको छ ।

कोरोना भाईरस(कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका नेपाल–भारत दुवै देशले लकडाउन गरेको छ । कोरोना रोकथामका लागि सरकारी संयन्त्र र नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । सरकारले आब्हान गरेको लकडाउन प्रभावकारी बनाउन सुरक्षा निकाय र नागरिकको भूमिका देखिन्छ । तर, अटेरी गर्ने नागरिकमाथि कार्बाहीका लागि सुरक्षा निकायको एक कदम भूमिका बढि नै हुन्छ । नेपालका सुरक्षा निकाय, स्वाथ्यकर्मी, जनप्रतिनिधी केही सरकारी संयन्त्र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा देखिएका छन् ।

कोरोना संक्रमण फैलिन नदिन नेपाल भारत दुवै देशविच सीमा क्षेत्रमा आवत पूर्ण बन्द गर्ने सहमती अनुरुप कडाई गरिएको छ । दुईतिर भारतसंग सीमा जोडिएको कञ्चनपुरमा समेत सीमा क्षेत्रमा कडाई पारिएको छ । मुख्य गरेर सीमा सुरक्षा, अपराध र राष्ट्रिय सम्पति संरक्षणको जिम्मा पाएको सशस्त्र प्रंहरीले कञ्चनपुरमा कोरोनाको चैन तोड्नेदेखि सीमासिलबन्दी गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरेर सीमा क्षेत्रमा उच्च कडाई एव निगरानी गरेको छ । यस्तै सशस्त्र प्रहरीले यो बैशाखको चर्को घाम र संगै भएको नियमित बर्षातपानीमा समेत कोरोना जित्नका लागि घामपानी छिचोल्दै नागरिकको सुरक्षामा खटिएको छ । १२९.५ किलोमिटर सीमा क्षेत्र सहित आसपासका क्षेत्रमा पहरा टहरा बनाएर नियमित गस्ती मार्फत पनि कुनैपनि मानिसलाई सीमाबाट वारपार्न गर्न दिएको छैन् । भारतबाट आएर नेपाल प्रवेस गर्ने खोज्नेलाई उतै फाईदिएको छ, भने नेपालबाट भारत जानेलाई रोकेर क्वारेन्टाईनमा राखिरहेको छ ।

सशस्त्र प्रहरीले बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीरसिह शाहुले सरकारले दिएको जिम्मेबारी निर्वाह मात्रै गरेको बताए । उनले हामी सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि २४ सै घण्टा खटिने बताउदै घामपानी आँदिहुरी यस्ता विषय गौण भएको बताए । ‘हामीले अहिले कोरोना भित्रिन नदिन जे जति प्रयास गर्नुपर्छ, त्यो गरिरहेका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘सशस्त्र प्रहरीले देश र जनताको सेवा गर्दै जाने हाम्रौ त काम कर्तव्य नै हो ।’

सशस्त्र प्रहरीले कञ्चनपुरमा कोरोनाको चैन तोड्नेदेखि लकडाउनको बेला अवैध हतियार रोक्ने जनप्रतिनिधीको गाडी नियन्त्रणमा लिनुदेखि लागु औषधका तस्कर नियन्त्रण लगायतका कोरोना रोकथामका काम गरेको भन्दै सरकारी तथा नागरिक स्तरबाट सशस्त्र प्रहरीको कामको चौतर्फि प्रसंसा गरिएको छ ।

१४ चैत्रमा भारतबाट आएका बेदकोट नपा १० चतहरीका ४१ बर्षिया ईन्द्र विक सहितका ११ जनालाई ब्रम्हदेबदेखि नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्नु र २५ चैत्रमा गुलरियाबाट अवैध हतियार बोकेका वडाध्यक्षको गाडी नियन्त्रणमा लिएपछि कञ्चनपुरमा अहिलेसम्म न रोकोनाको संक्रमण देखिएको छ, न कुनै थप जनप्रतिनिधी हतियार बोकेर कञ्चनपुर आएका छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा संयुक्त एकल गस्ती, राजमार्ग, मुख्य बजार, नाका, प्रवेसद्वार, वन, गाउँघर बस्तीहरुमा नियमित गस्ती समेत बढाएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआर निर्माणको प्रक्रिया शुरु

  अत्तरिया -अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्ने उक्त क्षेत्रमा योजनावद्ध औद्योगिक विकासका...

कञ्चनपुरमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दो, पहिलो चौमासिकमै १५ जनामा संक्रमण

कञ्चनपुरः कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दोक्रममा देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५...

स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण गरेको...

भोलि चिनियाँ रक्षामन्त्री आउँदै, परराष्ट्रद्वारा सार्वजनिक

काठमाडौं, मंसिर १३ ।  चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउदै हुनुहुन्च । उहाको भ्रमणबारे...

बैतडीमा बलात्कार लुकाउन एक तोला सुनः छ महिनापछि बाहिरियो घटना

१२ मङ्सिर, बैतडी: एक तोला सुनको प्रलोभनमा सामसुम पार्न खोजेको बलात्कार घटना झन्डै ६ महिनामा सार्वजनिक भएको छ। आरोपितले तमसुक गरेअनुसार सुन नदिएपछि पीडित पक्षले...

आईएमयू नेपालबाट कोभिड–१९ सबै रिपोर्टिंङ

भुवनेश्वरी जोशी १३ मङ्सिर, डोटी । विश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको मुख्य पाटो स्वाब संकलन र परीक्षण सम्बन्धि काम को विवरण...

स्थानीय तहका प्रशासकीय प्रमुख सरुवा अधिकार प्रदेशलाई दिने तयारी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव गरिँदै छ । स्थानीय...

कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु

कञ्‍चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । शुक्रबार राति ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया