Friday, December 4, 2020

झुुलाघाट नाकाबाट एक हजार दुई सय ९९ जना नेपाली भित्रिए

- Advertisement -

बैतडीको सीमानाका झुुलाघाटबाट एक हजार दुई सय ९९ जना भारतीय क्वारेन्टीनमा रहेका नेपाली नागरिक नेपाल भित्रिएका छन । कोरोना भाईरस कोभिड १९ को संक्रमणको जोखिका कारण सरकारले सिमा नाका बन्द गरेपछि उनीहरु महिनौ देखि सीमापारी भारतिय क्वारेन्टीनमा रहेका थिए ।
गृह मन्त्रालयले प्रकृया पु¥याएर उनीहरुलाई नेपाल ल्याउने निर्णय गरेपछि उनीहरुको स्वास्थ्य परिक्षण गरि नेपाल ल्याईएको बैतडीको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । सिमापारी भारतीय क्वारेन्टीनमा रहेका एक हजार दुई सय ९९ जना जुलाघाट नाकाबाट बिहिबार नेपाल भित्रिएका हुन ।
उनीहरुको सामान्य स्वास्थ्य परिक्षण गरी सम्बन्धित स्थानिय तहहरुले निर्माण गरेका क्वारेन्टीनमा बस्ने गरी पठाईएको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी एबंम सहायक जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले बताउनु भएको छ । जुलाघाट नाका भएर उक्त संख्यामा नेपाली मजदुरहरु नेपाल आएका हुन । जुलाघाट नाकाबाट नेपाल आएका एक हजार दुई सय ९९ जना मध्ये ३९ जना महिला पनी रहेका छन ।
यस्तै दार्चुलाको सीमानाकाबाट पनी एक हजार दुई सय ९० जना नेपाल आएका छन । दार्चुला र बैतडीको सीमानाकाबाट आज बिहिबार जम्मा दुई हजार पाच सय ९० जना नेपाल आएका हुन ।
उनीहरु सबैको सामान्य स्वास्थ्य जाच गरी सम्बन्धित स्थानिय तहहरुले निर्माण गरेका क्वारेन्टीनमा पठाईएको छ । उनीहरु सबैलाई १४ दिन सम्म अनिबार्य क्वारेन्टीनमा राखिने बैतडीका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ।
१४ दिन पुरा भए पछि सबैको आरडिटि परीक्षण गरिने र रिर्पोट नेगेटिभ आएमा मात्र घर पठाईने उहाले बताउनु भएको छ । सुरुमा दुई हप्ता मात्रै क्वारेन्टीनमा बस्ने भनिए पनि महिनौ सम्म क्वारेन्टीनमा बस्नु पर्दा उनीहरु आक्रोशित भएका थिए । महिनौ पछि नेपाल प्रबेश गर्न पाएकोमा निकै खुसी लागेको पुर्चौडी नगरपालिकाका लक्ष्मण बोहराले बताउनु भएको छ ।

रेडियो कञ्चनपुरमा खबर सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया