सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट नगरपालिकालाई युएनडिपि र स्विट नेपालद्धारा मास्क सहयोग

कञ्चनपुर , नेपाल

बिश्वलाई कोरोनाले आक्रान्त बनाई रहदा सहयोगि हातहरुले निरन्तर सहयोग गरीरहेका छन । आज कञ्चनपुरको वेदकोट नगरपालिका कञ्चनपुरलाई युएनडिपिले मास्क हस्तान्तरण गरेको छ ।
युएनडिपिको सहयोग स्विट नेपालको सहकार्यमा युएनडिपिका प्रतिनिधि लक्ष्मी बिकले वेदकोट नगरपालिकाका नगर प्रमुख असोक कुमार चन्दलाई २५ सय थान मास्क सहयोग गरीएको स्विट नेपालका अध्यक्ष आमिर तिरुवाले बताउनु भएको छ ।
अहिलेको बिसम परिस्थितिमा युएनडिपि र  स्विट नेपालले गरेको सहयोग अतुलनिय रहेको भन्दै नगर प्रमुख चन्दले धन्यबाद दिनु भएको छ ।
मास्क हस्तान्तरण कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख असोक कुमार चन्द, वेदकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत धर्मराज जोशी, बेदकोट नगरपालिकाका लेखा अधिकृत प्रेम निदाल ,स्विट नेपालका अध्यक्ष आमिर तिर्बा, कार्यक्रम सयोंजक अमित सुनार लगायतको उपस्थिति रहेको थियो ।

Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.