सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘लकडाउन’ खुलेको ३ सातापछि एसईई परीक्षा गर्न सिफारिस

‘लकडाउन’ खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।
शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले बैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट दुवै कक्षाको परीक्षा सञ्चालन गर्न सकिने औंल्याएको हो ।

एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । कार्यदलका संयोजक पौडेलले बिहीबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएका छन् ।

देशभर परीक्षा केन्द्र र त्यसका उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ । शिक्षामन्त्री पोखरेलले प्रतिवेदन बुझेपछि कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

लकडाउन खुलेर अवस्था सामान्य भएको ३ सातापछि परीक्षा सञ्चालन गर्न सकिने आकलन गरिएको बोर्डका अध्यक्ष पौडेलले कान्तिपुरसित बताए । ‘सरकार, शिक्षा मन्त्रालय र प्रदेश सरकारले परीक्षा सञ्चालन गर्न अनुमति दिए जेठ अन्तिम साता वा असार पहिलो साताभित्र परीक्षा गर्न सकिन्छ,’ उनले भने । स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर परीक्षा गराउन उपकेन्द्रहरु समेत थप्नुपर्ने कार्यदलले सुझाव दिएको छ ।

हिमालय दैनिक बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.