सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाटा नगरपालिका वडा न. ८ द्वारा खाद्यान्न सामाग्री बितरण

कंचनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ पारिफाटाले पनि लकडाउनको समयमा खाद्यान्न सामाग्री बाडेको छ । आज शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ८ को कार्यालय पारिफाटाको परिसरमा खाद्यान्न सामाग्री बितरण गरिएको छ । शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ का अति बिपन्न,मजदुर,अशक्त २५० घर परिवार लाई पहिलो चरणमा खाद्यान्न सामाग्री बितरण गरिएको छ ।,बितरण गरिएको खाद्यान्न सामाग्रीमा प्रती परिवार ३०केजी चामल,३ केजी दाल,२ केजी नुन ,२ लिटर शुद्ध तोरीको खाने तेल,२केजी चिनी र प्रति परिवार ४\४ पिस डिटल साबुन वडा कार्यालयको परिसरमै बितरण गरिएको वडा अध्यक्ष बहादुर महराले जानकारी गराएका छन। राहत बितरण कार्यविधि २०७६ अनुसार नै बितरण गरिएको जनाउदै खाद्यान्न सामाग्री बितरण गर्दा शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ का सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी हरु उपस्थित थिए । वडा कार्यालयले पहिलो चरणमा २५० घर परिवार लाई खाद्यान्न सामाग्री बितरण गरे पनि दोस्रो चरणमा बाकी रहेका गरिब , बिपन्न,र मजदुर बर्ग लाई राहत बितरण गरिने वडा अध्यक्ष महराले बताए । राहत सामाग्री खरिद गर्दा खुला प्रतिस्पर्धा गरिएको र प्रतिस्पर्धामा ६ ओटा फर्महरु सहभागी भए पनि सबै भन्दा कम मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने फर्म बाट खाद्यान्न सामाग्री खरिद गरिएको समेत बताएका छन । साथै वडा नम्बर ८ ले बितरण गरेको खाद्यान्न सामाग्रीको सार्वजनिक सुनुवाइ कार्यक्रम लकडाउन खुले लगत्तै गरिने समेत सम्पुर्णमा जानकारी गराएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.