Friday, November 27, 2020

शुक्लाफाँटा नगरपालिका २ नम्बर वडामा एक सय ४५ परिवारलाई राहत वितरण

- Advertisement -

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ नम्बर वडाका एक सय ४५ परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको छ ।

 


विपन्न तथा मजदुर वर्गका १ सय ४५ जनालाई राहत वितरण गरिएको हो । उक्त वडामा १ सय ७० जनाको नाम संकलन भएपनि अन्य २५ जनाको जमिन सहित सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीमा रहेकाले शुक्लाफाँटा नगरपालिका २निगरानी तथा प्रतिकाय समितिका संयोजक लाल बहादुर धानुकले बताए । उनका अनुसार समितिका सदस्यले आ–आफ्नो टोलबाट पीडितको नामावली संकलन गरेर ल्याएको थियो । जसमध्ये सदस्यहरुबाटै सम्पन्न परिवारको नाम हटाईको छ । ‘केही वास्तविक छुटपुट पनि छन, ‘उनले भने, ‘उनीहरुलाई हामी समेट्छौँ, हुनेखाने सम्पन्न परिवारका सदस्यलाई समेट्न सकिदैन्, उनीहरुका लागि राहत पनि होईन् ।’
समाजिक दुरी कायम गरेर राहत वितरण गरिने उनले बताए । राहत वितरणमा समितिका सदस्यबाटै वडाध्यक्षले नाम काटेको निराधार आरोप रहेको बताउदै उनले वडामा वास्तविक पाउने परिवारले मात्रै पाएको दावि गरे । निगरानी तथा प्रतिकार्य समितिका सदस्यद्वय गोबिन्द अवस्थी र रामदत्त पन्तले आफुले ल्याएको नाम समितिबाट हटाएपछि राहत नपाउने आफै वडामा आएको बताउदै आफुहरुले नउस्काएको दावि गरेका छन् ।
समितिकी अर्की सदस्य दुर्गा भट्टले समितिककै केही सदस्य र राजनीतिक भोटमा आधारमा ल्याएका नाम र सम्पन्नका नाम काट्दा केही विवाद भएपनि अहिले विवाद नरहेको दावि गरिन् । ‘यो राहत विपन्न वर्गका लागि हो, ‘उनले भनिन, ‘हाम्रौ समितिका एकदुई सदस्यबाट आफन्त, नातेदार र जमिन सहित नौकरी भएकाहरुको नाम आयो, उनीहरुलाई राहत दिन नमिल्ने त्यही भएर विवाद झिकियो ।’
समितिका सदस्य एव स्थानीय युवा नरेन्द्र धामीले लकडाउनका बेला विपन्नलाई समान्य राहतसंगै स्थानीयलाई उत्पादनसंगै जोड्दै आत्मनिर्भर तर्फ उन्मुख नगराउँदासम्म विवादै रहने टिप्पणी गरे । शुक्लाफाँटा नगरपालिका २ वडा कोरोना भाईरस(कोडिभ १९ं) निगरानी तथा प्रतिकार्य समितिले नाम संकलनदेखि काट्ने हटाउने समितिभित्रै छलफल गरेर राखिएको जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका २का वडाध्यक्ष शिवराज पनेरुले राहत वितरण तथा छनौटमा समितिलाई पुर्ण अधिकार सहित वितरण गरिएको बताए । उनले वास्तविक पीडित परिवारले राहत पाउँदा केही व्यक्ति समुह असन्तृष्ट रहेको बताए । हामीले १सय ४५ परिवारलाई वडाबाट ३०किलो चामल, ३किलो दाल, २ किलो नुन, २किलो चिनी र ४ साबुन वितरण गरेको बताए । उनका अनुसार कदमकदाचित पाउनैपर्ने छुटेको भए उनीहरुलाई कुनैपनि हालतमा समावेस गराउने बताए । ‘यो राहत जसले दैनिक काम गरेर साँझविहान हातमुख जोर्छन, उनीहरुका लागि हो, ‘अध्यक्ष पनेरुले भने, ‘नकि सबैलाई होईन् ।’ देश आत्मनिर्भर नहुँदाको परिमाण समेत विवाद आएको उनको भनाईछ । राहत वितरण निर्देशिका पनि केही दोहोरो अर्थ लाग्ने भएकाले त्यसबाट समेत केही व्यक्तिले अनावश्यक विवाद झिक्ने गरेको बताए ।
अध्यक्ष पनेरुले कोरोना भाईरस रोकथाम तथा भित्रिन नदिनका लागि समुदायका समेतनादेखि लकडाउन उलङघन गर्नेमाथि कार्बाही गरिएको बताए । ‘भारत लगायत तेस्रो मुलुकबाट वडामा भित्रिएकाहरुलाई क्वारेन्टाईनमा राख्नेदेखि समाजिक दुरी कायम गरेर दैनिक कार्य संचालन गर्दै आएका छौँ, ‘उनले भने, ‘कोरोना रोकथामका लागि जनचेतनामुलक कार्यक्रम अघि बढाईएको छ ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया