Sunday, November 29, 2020

बैतडीमा कोरोना रोकथाम तथा नियन्त्रणमा शिक्षक परिचालन गरिदैं

- Advertisement -

 मोेहन चन्द
बैतडी । पञ्चेश्वर गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि शिक्षकहरुलाई परिचालन गर्ने भएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा शिक्षकहरुको भुमिका प्रभावकारी हुने भन्दै जनचेतनामुलक कार्यक्रम संचालन गर्न शिक्षकहरुलाई परिचालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोरख वहादुर चन्दले वताए ।

अहिले सबै विद्यालय वन्द रहेका छन् । गाउँपालिकाले विद्यालय वन्द रहेको अवस्थामा सबै शिक्षकहरुलाई आ– आफ्नो वडामा कोरोना सम्वन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्न गाउँपालिका भित्रका सबै वडाका विद्यालयका प्रधानाअध्यापकलाई निर्देशन दिएको छ ।

‘यस विषयमा गाउँपालिका भित्रका सबै प्रअसँग छलफल भइसकेको छ र विद्यालयका शिक्षकहरुलाई खटाउनको लागि आग्रह समेत गरिसका छौं’, अध्यक्ष चन्दले भने ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाले गरेका काममा सघाउने, टोलटोलमा सरसफाईका कार्यक्रम संचालन गर्ने, विदेश वा वाहिरवाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने, राहत वितरणमा सहयोग गर्ने र विद्यार्थिहरुका लागि रचनात्मक योजनाहरु निर्माण गर्नको लागि शिक्षकहरु खटाउन सबै विद्यालयका प्रअलाई भनिएको छ ।

गाउँपालिका भित्र ३५ ओटा विद्यालय रहेका छन् । जसमा स्थायी र अस्थायीसमेत गरि २३७ जना शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया