Friday, December 4, 2020

लकडाउनका कारण रोकिएको महाकाली कोरिडोरको काम सञ्चालन हुँदै

- Advertisement -

दार्चुला । एक महीनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो ।

कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न क्षेत्रमा काम सञ्चालन गर्नका लागि योजनाले तयारी थालेको हो । लकडाउनले ६ प्याकेजमा जारी काममध्ये केही ठाउँमा एक दुई दिनभित्रै सञ्चालन गर्ने तयारी भइरहेको योजना प्रमुख अच्युतविलास पन्तले बताए । ‘सडक निर्माण शुरु गर्न प्रक्रिया अघि बढाएका छौँ, उनले भने, ‘काम शुरु गर्न निर्माण व्यवसायी परिचालन हुँदैछन् ।’

यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण पूरै प्रभावित हुने अवस्था आएपछि निरन्तर समन्वयपछि निर्माण व्यवसायी काम सञ्चालन गर्न तयार भएका छन् । योजना सञ्चालन गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि निरन्तर छलफलपछि शुरु हुने अवस्थामा पुगेको योजना प्रमुख पन्तको भनाइ छ ।

दार्चुलाको महाकाली कोरिडोर जोड्ने लास्कु खोला र निजङगाड खोलामा पुल निर्माण गर्ने निर्माण व्यवसायी जिल्ला आइसकेका छन् । पुलको पिल्लर राख्न गिट्टी आवश्यक हुने हुँदा क्रसरको लागि पहल भइरहेको छ ।

व्यास गाउँपालिका–४ सिनादेखि वडा नं २ को कोठेधारसम्मको नौ किलोमिटर सडक निर्माणको ट्र्याक खुलाउने गरी निर्माण व्यवसायी फिल्डमा पुगिसकेका छन् । ‘एक दुई दिनभित्रै मेशिनमार्फत काम सञ्चालन हुँदैछ’, दार्चुला तिङ्कर सडक योजनाका इञ्जिनीयर एवं सूचना अधिकारी दिनेश रैखोलाले भने, ‘काम सञ्चालन गर्न कार्यस्थलमा साइट दिएका छौँ, कार्यालयको तर्फबाट फिल्ड पुगेर ठेकेदारलाई साइट दिएका हौँ ।’

विगतमा दार्चुला तिङ्कर सडक योजनाअन्तर्गत सञ्चालन भएको यो क्षेत्रमा कोठेधारमा कोरिडोरमार्फत काम हुँदैछ । हालसम्म यो क्षेत्रको ४० किलोमिटर सडकको साधारण ट्र्याक खुलाइएको छ । निर्माण शुरु भएको १० वर्षपछि यो क्षेत्रमा साधारण बाटो खुलाइएको हो । अहिले व्यास गाउँपालिकाको सुनसेरासम्म नियमितरूपमा ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् ।

यस्तै बैतडीको सलेसना र डडेल्धुरा क्षेत्रमा सडकको ट्र्याक खुलाउन साइट दिन कार्यालयले सवइञ्जिनीयर मुकेन्द्र मल्ललाई खटाइएको जानकारी दिएको छ । काम गर्ने समयावधि सकिन लागेको भन्दै योजनाले निर्माण व्यवसायीलाई समन्वय गरी काम सञ्चालन गराउन लागेको हो ।

विसं २०८० मा सक्ने गरी शुरु गरिएको महाकाली कोडिरोडरको काम लक्ष्यानुसार सकिनेमा अझै आशंका छ । विकास निर्माणको काम द्रुत गतिमा हुने महीनामा लकडाउन हुँदा योजनाको काम सोचेअनुसार अघि बढाउन नसकिएको कार्यालयले जानकारी दिएको छ ।

अहिले पनि जिल्ला प्रशासन कार्यालयमार्फत निर्माण व्यवसायीलाई परिचालन गर्न पासको व्यवस्था गरेर परिचालन गरिएको योजनाले जानकारी दिएको छ । पुलको काम पनि ढलानको लागि तयारी गरिँदैछ ।

कञ्चपुरको ब्रह्मदेवदेखि दार्चुला तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै हालसम्म ट्र्याक खुलेको छ । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँग भएको सम्झौता चालू वर्षमा सकिँदैछ । योजना प्रमुख पन्तले भने, ‘अब नयाँ बहुवर्षीय सम्झौता गरेर आगामी वर्षदेखि थप काम अगाडि बढाइने योजना छ ।’

कोरिडोरको काम २०६६ सालदेखि शुरु भएको हो । महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ ।

भारत र चीनसँग जोडिने मुख्य सडकको रूपमा यो सडकलाई लिइएको छ । हालसम्म कोरिडोरको काम सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्दछ ।

कार्यालयका अनुसार हालसम्म रू. ३३ करोडको लागतमा दार्चुलामा ५२, बैतडीमा ६२ र डडेल्धुरामा ११ किलोमिटर ट्र्याक खोलिएको छ भने कञ्चनपुरमा भने काम सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रदेश सभा सदस्य खड्काद्वारा पुलको शिलान्यास टोटी नालामा

शुक्लाफाँटा नगरपालिकाको वडा १० मा पर्ने टोटीनाला सडकमा पुलको शिलान्यास गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लाल बहादुर खड्काले...

इतिहासमा पहिलो पटक घटिरहेको सुनको भाउ एक्कासी यति धेरैले बढ्यो मुल्य...

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार...

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...

नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर : खानेपानी मन्त्री बिना मगर

कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया