सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको त्रिनगर भन्सार नाकामा स्यानिटाइजेशन टनेल स्थापना

 कैलाली । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कैलालीको त्रिनगर भन्सार नाकामा मंगलवार स्यानिटाइजेशन टनेलको स्थापना गरिएको छ ।

छिमेकी राष्ट्र भारतबाट नेपाल भित्रिने व्यक्तिलाई स्यानिटाइज गरेर भित्रिन दिने व्यवस्थाका लागि टनेलको स्थापना गरिएको बताइएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाइमा स्यानिटाइजेशन टनेलको स्थापना गरिएको हो ।

त्यसैगरी केही दिनअघि मात्रै त्रिनगर भन्सार सीमानाकामा भारतबाट नेपाल भित्रिने मालवाहक सवारी र तिनका चालक, सहचालकलाई स्यानिटाइजर छर्किने व्यवस्था शुरु गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेपाल इँटा उद्योग महासंघको पहलमा इँटा व्यवसायी संघ सुदूरपश्चिम प्रदेशले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै भारतबाट आउने अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारी साधन, चालकलाई स्यानिटाइजर छर्किने व्यवस्था गरिएको नेपाल इँटा उद्योग महासंघका केन्द्रीय सदस्य दीप ऐरले जानकारी दिए । स्यानटाइजर छर्कनका लागि झण्डै रू. एक लाख ५० हजार खर्च भएको बताइएको छ ।

Dirghayu Ads

भारतका विभिन्न स्थानबाट प्रदेशका लागि अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूललगायतका वस्तु भित्रिइरहेका छन् । भारतका विभिन्न प्रान्त तथा ठूला शहरलगायतका स्थानमा कोराना भाइरसको संक्रमण अझै बढिरहेकाले त्यहाँबाट नेपाल भित्रिने मालवाहक सवारी, चालकलगायतमा पूर्वसतर्कता अपनाउन जरुरी देखिएकाले स्यानिटाइजर छर्किने व्यवस्था गरिएको केन्द्रीय सदस्य ऐरको भनाइ छ ।

स्यानिटाइजर छर्कनका लागि चाहिने आवश्यक औषधि भने धनगढी उपमहानगरपालिकाबाट उपलब्ध भएको बताइएको छ । यसैगरी नेपाल भित्रिने व्यक्तिको आरडिटी जाँचका लागि पनि छलफल भइरहेको उपमहानगरपालिकाका प्रमुख वडले बताए । उनले भने, ‘यसका लागि दुवै देशको समन्वय आवश्यक भएकाले उपमहानगरपालिकाले मात्रै चाहेर एक्लैले गर्न सक्ने अवस्था छैन ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.