Saturday, November 28, 2020

म राजीनामा दिन्‍न: प्रधानमन्‍त्री ओली

- Advertisement -

काठमाडौं स् प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन्।

‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए। अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ। तर म राजीनामा दिन्न’, आफू निकट सांसदसँग बालुवाटारमा ओलीले भने।

सोमबार दिनभर आफूनिकट नेता परिचालन गरी वरिष्ठ नेता माधव नेपाल पक्षलाई फकाउने प्रयास गरेपनि सार्थक नभएपछि साँझ ओलीले आफू निकट सांसदहरूसँग छलफल गरेका हुन्। ‘मिलेर जान आफूले नेताहरूलाई प्रस्ताव गरेको छु। नेताहरूको प्रतिक्रिया कसरी आउँछ त्यसपछि नै आफूले थप रणनीति बनाउँछु’, सांसदसँग ओलीले भनेको छलफलमा सहभागी काठमाडौं ३ का सांसद कृष्णबहादुर राईले जानकारी दिए।

‘म राजीनामा दिन्न। तपाईहरूले मलाई सहयोग गर्नुपर्‍यो’, ओलीलाई उदधृत गर्दै राईले अन्नपूर्णसँग भने। प्रधानमन्त्रीले आफूले मिल्न भने पनि दाहाल र नेपाल त्यो दिशामा अझै नदेखिएको भन्दै पार्टीमा भोलि जे सुकै अवस्था आइ लागे पनि सामना गर्ने गरी तयारी अवस्थामा रहन सांसदहरूलाई निर्देशन दिएका थिए।

बालुवाटार भेलामा ओली निकट करिब दुई दर्जन भन्दा बढी सांसद उपस्थित थिए। पूर्व माओवादी धारका नेता तथा अहिलेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि भेलामा सहभागी थिए। उनले आफू प्रधानमन्त्री ओलीको पक्षमा रहेको र पार्टीका अन्य नेताले सरकारलाई सहयोग नगरिरहेको धारणा राखेको राईले जानकारी दिए।

भेलाका सहभागी सांसदका अनुसार ओलीले सक्दा माधव नेपाललाई फकाउने र त्यसो गर्न नसके संसदीय दलमा बहुमत सांसद पुर्‍याएर आफूलाई हटाउन चाहने सम्भावित तयारीको चुनौति दिने रणनीति बनाएका छन्।

प्रतिनिधि सभामा नेकपामा १७४ सांसद छन्। ओली पक्षका झण्डै ७५ जना सांसद खुलेको बुझाइ बालुवाटारको छ। संसदीय दलमा बहुमत पुर्‍याउन ओलीलाई थप ८८ जना सांसदले साथ दिनु पर्छ। ओली १० देखि १५ सांसद दाहाल र नेपाल पक्षबाट तान्न सकिने विश्वासमा छन्। दाहालसँग ५३ र नेपालसँग ४० देखि ४५ जना सांसद छन्।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

देशले राजा र हिन्दुराष्ट्र मागेकै हो त ? पूरा विवरण पढेर...

जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया