सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उत्तर कोरियामा किमका काका पनि सम्भावित उत्तराधिकारी

सोल – उत्तर कोरियाली नेता किम जोङ उनको शासनकालपछि त्यहाँको सत्ता नेतृत्व कसले गर्ला भन्ने धेरै अड्कलवाजी भए ।

अधिकांश मिडियाले किमकी बहिनी किम यो जोङलाई रक्तनाताका आधारमा उत्तराधिकारी बनाउनसक्ने सम्भावना रहेको रिपोर्ट तयार गरे । यसका बावजुद उत्तर कोरियासम्बन्धी केही विज्ञहरुले किमका काका सम्भावित उत्तराधिकारीको रुपमा प्रस्तुत भएको बताएका छन् ।

किमका काका किम प्योङ इल सम्भावित उत्तराधिकारीको रुपमा खडा भएको बताइन्छ । ६५ वर्षीय किम उत्तर कोरिया संस्थापक पुस्ताको सबैभन्दा कान्छो जीवीत नेता हुन् । साथै उत्तर कोरियाका संस्थापक किम इल सङका छोरो पुस्ताका हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जब कि, हालका शासक किम जोङ उन नाती हुन् । उनै दिवंगत संस्थापक शासक किमको १०८ औँ जन्मदिन गत अप्रिल १५ मा मनाउन सम्भव भएको थिएन । १९७० मा किम प्योङ इललाई उनका सौतेनी दाई किम जोङ इलले शासनले पन्छ्याएका थिए । १९९४ देखि २०११ सम्म उनले उत्तरको शासनसत्ता सम्हाले ।

किम प्योङ इलले हंगेरी, बुल्गेरिया, फिनल्याण्ड, पोल्याण्ड, र चेक रिपब्लिकमा उत्तर कोरियाको तर्फबाट ४० वर्ष उच्च कुटनीतिज्ञको रुपमा काम गरे । गत वर्ष मात्रै उनी उत्तर फर्किएका हुन् ।

पुरुषसत्तामा आधारिक उत्तर कोरियामा वर्तमान शासक किमकी बहिनीलाई पन्छाएर किमको शासनपछि उनका काकाले शासन लिने विश्लेषण गर्न थालिएको हो । यद्यपि केहीले भने किमले अन्ततः बहिनीलाई शासन हस्तान्तरण गर्न बाध्य हुने बताउँदैआएका छन् । किम २०११ म आफ्ना पिताको निधनपछि शासनमा आएका हुन् । पछिल्लो समय उनको स्वास्थ्यमा समस्या आएपछि उनको उत्तराधिकारी बारे अनेक टिप्पाणी हुन थालेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.