Wednesday, November 25, 2020

जनज्योति गोलि काण्डलाई सम्झिदा र अहिलेको सन्दर्भ

- Advertisement -

दुई तिहाईको स्पष्ट बहुमत सहित देशमा सत्ताको बागडोर समालिरहेको नेपाल कम्युनिस्ट पार्टी (ने. क. पा.) को आफ्नो स्थापना को ७१ औ बर्षगाठ सेलिब्रेसन त्यति उत्साहजनक भएन । यसका भित्रि कारणहरुलाई अहिले विश्वव्यापी महामारी को रुपमा फैलिएको कोभीड १९ ले गौण पारिदिएको छ र एक अर्थमा अहिलेको समयमा बहसमा आएका बिभिन्न अनुत्तरित प्रश्न हरु बाट नेतृत्व लाइ हुने टाउको दुखाई समेत कम भएको सहजै अनुमान लगाउन सकिन्छ । उसै पनि अहिलेको अवस्थामा आइपुग्न ने.क.पा लाई कम सकस परेन । विविन्न वाद र कार्य्दिशा भएका वाम घटकहरु सित मिल्ने र छुट्टिने प्रक्रिया कम्युनिस्ट पार्टीको स्थापना देखि अहिले सम्म पनि चलिरहेकै छ तर बहुदलीय व्यवस्था को पुनर्बहाली पछी जनताको बहुदलीय जनवाद को सिद्दान्त लाइ आत्मसात गर्दै अहिलेको ने.क.पा.देशको पहिलो पार्टी बनेकोमा सायद संका गर्ने ठाउ छैन ।


पाच दसक को गौरबमय इतिहास बोकेको विद्यार्थी सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा आबद्द भएर लोकतान्त्रीक गणतन्त्रकोे लागि लड्दा तत्कालिन निरंकुशताको गोलीको शिकार हुनुपरेको इतिहास सम्झिदा अहिले पनि आंग सिरिंग हुन्छ. । जनताको आफ्नो संबिधान र त्यो अनुसारको साशन व्यवस्थाको लागि कतिले आफ्नो घरवार गुमाए, कतिले आफ्नो रगत बगाए त कतिले आफ्नो ज्यान गुमाए । ठुलो संघर्ष पश्चात प्राप्त गरेको यो अवसर लाइ समेत आफु अनुकुल प्रयोग गर्न खोज्ने अवसरबादीहरुले रगत र पसीना बगाएर प्राप्त गरेको उपलब्धि लाइ गुमाउने खतरा लाइ बढावा दिदा अहिले समेत त्यति नै पीडाबोध हुन्छ जती २०६२ सालको बैशाख १६ गतेका दिन चार पाँच वटा गोलि खादा भएको थियो ।
२०४६ सालको जनआन्दोलनबाट प्राप्त जनाधिकारहरूलाई हत्याउदै दरवार हत्याकाण्ड पछि राजा वनेका ज्ञानेन्द्रले क्रमशः जनअधिकार खोस्दै लैजाने क्रममा १८ असोज ०५९ पछि १९ माघ ०६१ गते मध्य युगिन वर्वरताको झल्को दिने गरी शाही कु मार्फत तानाशाही फासिष्ट शासन लादेको र विश्वलाई नै चकित पार्ने गरी भएको जनक्रान्तिले गर्दा यो फासिष्ट सत्ता ढलेको पनि १५ वर्ष भन्दा वढि भई सकेको छ । यस क्रममा शाही निरंकुश सत्ताको विरूद्ध संघर्ष गर्दै जनताका अधिकार पुनः स्थापित गर्नका निम्ति कयौं निर्दोष नेपाली जनताले संघर्षको वलिवेदीमा आफ्नो अमुल्य रगत चढाएका छन भने कसैले जीवनको आहुती समेत दिईसकेका छन् । यस्तै दुःखद घटनाहरूका श्रृंखलाभित्र जनज्योती गोली काण्ड पनि पर्दछ ।
०६२ सालको आगमनसँगै बैशाख १६ गते कञ्चनपुर जिल्लाको भिमदत्तनगर स्थित जनज्योती क्याम्पसमा तत्कालिन शाही शेनाले अन्धाधुन्द गोली चलाएर तिन जना विद्यार्थी योद्धाहरूको ज्यान लिने घिनलाग्दो असफल दुस्प्रयास गरेका थिए । २१औं शताव्दीमा पनि नेपाली जनता माथि जंगली शासन लाद्न खोज्ने शाही सत्तालाई संघर्षको ज्वारफाटा मार्फत ध्वस्त पार्ने योजनाका साथ आम नेपाली विद्यार्थीहरूलाई गोलवन्द गर्दै जागृत गर्नका निम्ति हामी विभिन्न क्याम्पस र विद्यालयहरूमा संगठन विस्तार गर्ने क्रममा जनज्योती क्याम्पस पुगेका थियौ । यस क्याम्पसमा विद्यार्थीहरूलाई तानाशाह, फासिस्ट सत्ता विरूद्ध संघर्षमा आवद्ध हुन भेलाको आयोजना गरेको थियो । हाम्रो कार्यक्रम शान्तिपूर्ण वातावरणमा सञ्चालन भईरहेको वेला आकस्मिक रूपमा हामीलाई चारै तिरबाट शिकारी कुकुरको वगालझैं आएका तत्कालिन शाही सत्ताका भरौटे राक्षसी शाही सेनाले कार्यक्रम स्थललाई चारैतिरबाट घेरीसकेको कुरा बल्ल बन्दुकको आवाज सँगै क्याम्पसको भित्तामा गोली ठोकिदा मात्र थाहा भयो । यसपछि अन्धाधुन्द गोली बर्साउदै क्याम्पस तिर आए । यस्तो त्रासदीपूर्ण अवस्था र भयावह मृत्युको मुखमा पुग्दा जीवनको बाच्ने आशामा कार्यक्रममा सहभागी विद्यार्थी किंकर्तव्यविमुढ भएर सुरक्षित स्थानको खोजीमा भागदौड गर्न थाले । निर्दोश परेवाहरूको बथानमा हिंस्रक वाजको आक्रमण हुँदाको विचल्ली झैं भागदौड गरिरहेका विद्यार्थीहरूलाई चारैतिर घेरा वन्दीमा परेको भएपनि ज्यान जोगाउन तितर वितर भई भाग्न थाले यसरी विद्यार्थीहरूविच भागदौड चल्दा हामीले सुरक्षित ठाँउ नरहेकाले नभाग्न अनुरोध गरिरहेकै बेला तत्कालिन अनेरास्ववियुका नेता नर बहादुर धामीको बाया कानमा चोट लागि ढल्नु भयो । यसपछि उहाँ बेहोस हुनु भयो । एकछिनपछि मलाई पनि सेनाले अत्यन्त निर्ममतापूर्वक अमानविय र पासविक ढंगले कुटपिट गरियो । यसपछि बन्दुकको कुन्दा, स्पेरिंग रडले मलाई चार पाँच जना सेनाहरू मिली मर्ने गरी कुटपिट गरे पछि मेरा टाउकोमा गम्भीर चोट लाग्दा भत्भती रगत वग्न थाल्यो । रगत वग्दाको पिडाले म छटपटाउन थाले । मैले तिनीहरूलाई आग्रह गरे कि म आतङ्कवादी होईन, म एमालेको भातृ संगठन अनेरास्ववियुको विद्यार्थी हु । मेरो वास्तविकता तपाईहरूलाई थाहा छ । शंका छ भने अनुसन्धान गरी मार्नु होला । उ त्यो मेरो घर हो, म पन्तजीको छोरा हुँ भन्दा मेरो आग्रहलाई लत्याएर मलाई चिन्ने केशर वुढाथोकी नाम भएको सेनाले त अब मर्छस । तलाई मार्न अर्डर आएको छ भनेर मेरो आग्रहलाई लत्याएर एक शब्द पनि नबोली चुपचाप लाग्नु नत्र तलाई मार्छु भनेर दुव्र्यवहार गरी रह्यो । बन्दुकको कुन्दाले कुट्दै घोप्टो पारी सुतायो फेरी पनि मैले आग्रह गर्दा बढी वोल्छ या,े ठोक त्यसलाई भनी कताबाट अर्डर आएपछि दिलिप तुम्हाम्फे भन्ने सैनिक जवानले खुट्टामा ठोकु कि टाउकोमा ठोकु सर भन्दै एम १६ को राइफल कहिले टाउको र कहिले खुट्टामा यताउता गर्न थाल्यो । तड्पाएर मार यसलाई अहिले खुट्टामा ठोक भन्ने अर्डर पाउना साथ चार वटा गोली प्रहार गरियो । जुन मेरो दाँयाको तिघ्रामा र बाँयाको कुर्कुच्चामा लागेको थियो । त्यसपछि मेरो खुट्टामा आगोको ज्वाला दन्किए जस्तो भयो । जसको कल्पना नै गर्न सकिदैन र मेरो खुट्टा र टाउकोबाट भलभली रगतको खोला बग्न थाल्यो । त्यसपछि प्राण जाला जस्तो भयो माटोमा मुख गाडेर घोप्टो सुताइएको अवस्थामा हल्लिन सकेन यताउती दुवै हातले घासहरू समात्दै मृत्युको पखाईमा बसे । म जीवनको अन्तिम सास फेरीरहकेको छु जस्तो अनुभव भयो । जीवनमा केही गर्ने इच्छा र चाहना समेत सदाका निम्ती अधुरै रहेको महसुस हुन थाल्यो । जीवनमा धेरै कुराहरू गरौला भन्ने जुन अभिलाष थियो । तर समयलाई चिन्न नसक्दा ती अभिलाषा वर्वाद भए जस्तो लाग्यो तर सहभागी साथीहरूसँग मैदानमा घोप्टो सुताएको मृत्यु जस्तै अवस्थामा रहेको देख्दा साथीहरूसँग देश र जनताको मुक्तिको जीवनदान गरिरहेको छु भन्ने जस्तो लाग्दा ममा एक किसिमको गौरव महसुस भएको थियो ।

 

गोली हान्दाको पीडाबाट छटपटाईरहेको र जीवनको भिख मागि रहेको कारूणिक चित्कार घटनास्थलको नजिकैबाट मेरो गाउँका छिमेकीहरूले सुनेपछी मेरो बुवा धर्मानन्द पन्तको नेतृत्वमा दुई तीन सय गाउँले जनताका साथ तत्काल घटनास्थल पुगी कडा विरोध जनाएपछि बल्ल हामी माथि अन्तिम प्रहार रोकियो । ती गाउँलेहरूले हामीलाई विद्यार्थीहरू भएको कुरा गर्दा आफ्ना मुखमा कम्युनिष्ट पार्टिको झण्डाको पट्टी बाँधेर कोही नचिनुन भनी उहाँहरूलाई पनि गालीगलौचका साथ गोली ताक्दै कुटपिट गर्दा मेरो फुपु लगाएत १३ जना घाइते भए भने उनीहरुलाई डराउने, धम्क्याउने दुस्साहस पनि भयो । तर पनि न्यायप्रेमी जनताको उल्लेख्य सहभागीताले सत्ताको उन्मादले मातेका सेनाहरू घुँडा टेक्न बाध्य भए । व्यापक बिरोधका कारण जीन्दगीले एकपल्ट फेरी यसै भौतिक संसारमा रहेर निरंकुशताका विरूद्ध लडाई लड्ने अवसर पाईन्छ कि भन्ने मनमा आशा पलायो । यसरी जनज्योती क्याम्पसको मैदान रगताम्मे हुने गरी विभत्स सामुहिक हत्याको असफल प्रयास जनज्योती गोलीकाण्डका नामले चर्चित छ । घटनास्थल आमाबुवा भाई बहिनी साथी र सयौं मानिसहरूको रूवावासी र चित्कारले गुञ्जिरहदाँ दानवीय शाही सेनाले वाकीटकीमा कुरा गरेपछि हामीलाई घटनास्थलमै छोडिदिए । यसपछि बुवाले एम्बुलेन्स मगाएर क्षतविक्षत र रगताम्मे अवस्थामा रहेको अचेत शरीरलाई महाकाली अञ्चल अस्पतालमा पुर्याउनु भयो । यहाँ मेरो खुट्टाबाट दुईवटा गोली झिकियो, जुन इन्सेक कार्यालयमा राखिएको छ । यहाँ उपचार हुन नसक्ने भनी सामान्य उपचार पश्चात हामीलाई सेनाले यस घटनालाई लुकाउन रातारात भारतको पिलभितस्थित शारदा हस्पिटलमा रिफर गरियो । उक्त अस्पतालमा हामीलाई भारतीय पुलिसले माओवादी हुन् भनी पाँच दिनसम्म अस्पताल भित्र कसैलाई भेट्न नपाउने गरी नजरबन्दमा राखेर विभिन्न मानसिक यातना दिने काम गर्यो ।

 


पछि कञ्चनपुर जिल्लाका सीडिओले हामीलाई नेकपा (एमाले) निकट अनेरास्ववियु विद्यार्थी भएको कुरा भारतीय प्रशासनलाई पत्राचार गरी जानकारी गराएपछि मात्र बल्ल भारतीय पुलीसको हामी माथिको नियन्त्रण खुकुलो भयो । तर यहाँको मिडियाले यस घटनाको भण्डाफोर गर्ने काम गरीरह्यो भने भिमदत्तनगरका विभिन्न विद्यार्थी संघ संगठन र सि.व. क्याम्पस (हाल सु.प. विश्वविद्यालय) को विद्यार्थीले विरोध कार्यक्रम जारी राखेका थिए । यो कार्य उनीहरूलाई असह्य भएर उपचार प्रभावकारी नभएको बहानामा हामीलाई जवरजस्ती ल्याएर काठमाण्डौं स्थित छाउनी विरेन्द्र सैनिक अस्पतालमा उपचार गराउछु भनी धनगढी पुर्यायो र एयरपोर्टमा अलपत्र पारियो । यस पछि विद्यार्थी आन्दोलनका कारणले हामीलाई सेती अस्पतालमा राखी दोस्रो दिन बिहान १२ बजेतिर त्यहाँबाट काठमाण्डौं पुर्याईयो र उक्त सैनिक अस्पतालमा भर्ना गरियो । तत्पश्चात् हामीलाई हाम्रा आफन्तहरूसँग भेटघाट गर्न नदिई अस्पतालको सर्जिकल २ को व्याड नं. १३३, १३४ र १३५ वार्डमा सिमित राखियो । यसरी हामीहरू मिडियाबाट पनि टाढा रहेको बेला विभिन्न मानव अधिकारवादी संस्थाहरूको पहलमा केहि आफन्तहरूसँग भेटघाट गर्न सकिने स्थिती भयो । यसरी बाह्य संसार देख्न नपाउने गरी उपचारका नाममा थुनुवा अपराधी झै राखिएका हामीलाई राजाको निरंकुश सत्ताको उन्मादमा मात्तिएका शाही सेनाका कथित उपल्ला दर्जाका भनिनेहरू साँझ बिहान आएर मानव अधिकारवादी संघसंस्थालाई केही पनि भन्नु हुदैन, शाही सेनाका बारेमा गलत कुरा बोल्नु हुँदैन त्यसले देश र नरेशको बदनाम हुन्छ । हाम्रो बदनाम भनेको राष्ट्रको बदनाम हो यसैले राष्ट्र र राष्ट्रियतालाई सोच भन्ने घिनलाग्दा अर्ति, उपदेश दिने र डर त्रास देखाउने गर्दथे । यसैगरी केही सेनाका उच्च पदाधिकारी खासगरी रूकमाङ्गत कटुवालले हामीलाई खास गरी मलाई सेकण्ड लेप्टन बनाउछु भनी लोभ लालच प्रलोभन दिन्थे भने डर र धम्की पनि दिन थाले । तर हामीहरूले निर्धक्कता साथ निरकुंशताको दास हुनु भन्दा जनताको छोरो भएर जनताको हक अधिकारका लागि सधैं जनताको माझमा रमाउन चाहन्छौ भनी तिनीहरूको मुखभरी जवाफ दियौ । हामीहरू अस्पतालमा छँदा त्यती सन्तोषजनक ढंगले उपचार भने भएन । हामीहरूलाई सधैं कडा निगरानीमा राखिएको थियो । यसरी तीन महिनासम्म उपचारका क्रममा सैनिक व्यारेकमा सेनाको धाक, धम्की र मानसिक यातनाका साथ जीवन वित्यो ।


तीन महिनासम्म राष्ट्रिय र अन्तराष्ट्रिय मानव अधिकारवादी संघसंस्था बाहेक अरू कसैलाई पनि भेटघाट गर्न नपाउने गरी एउटै कोठामा नजरवन्द झैं राखियो । हामीले त्यतिखेर महसुस गरिरहेका थियौ कि हामी कुनै जेलको कुनामा बसिरहेका छौ । ट्वाईलेट र कोठाभित्र हाम्रो संसार थियो । लगभग तीन महिनाको लामो उपचार पश्चात संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धि कार्यालयको पहलमा मुक्ति दिलाईयो । यसपछि हामीहरूलाई सैनिक जहाजमा भिमदत्तनगर पुर्याइयो । त्यसपछि एक महिनासम्म उनीहरूले मेरो उपचार घरमा नै गरिदिए पछि आफैले तीन महिनासम्म उपचार गरेपछि हिँडडुल गर्न सक्ने भए यसरी उपचारकै क्रममा छ चोटी खुट्टाको घाउको अप्रेशन भयो र एकचोटी छालाको स्क्रिन ग्राफिटिलङ भयो । टाउकोमा आठवटा टाका लागे अनि १० प्वाइन्ट रगत पनि चढाइएको थियो । यसपछि मेरो उपचार त्भबअजष्लन ज्यकउष्तब िर मोडेल अस्पतालमा भयो । रगत दान गर्ने तत्कालिन नेकपा एमाले केन्द्रिय कमिटि सदस्य उर्वादत्त पन्त, लगायत अन्य ९ जनालाई आफ्नो मूल्यवान रगत दिई मेरो जीवन जोगाई दिएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यसैगरी शाही सत्ताको मतियारहरूबाट भएको यस जघन्य घटनाको विरोध गरी सहयोग गर्ने समाजका प्रवद्ध वर्ग, मानव अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी पार्टीका सम्पूर्ण साथीहरू, भिमनदत्तगरवासी, सम्पूर्ण देशवासी लगायत खास गरेर भगतपुका न्यायप्रेमी जनता यसै गरी द्य।द्य।ऋ। च्बमष्य, विभिन्न पत्रपत्रिका, कान्तिपुर खास गरी स्थानिय पत्रिका अभियान र यहाका पत्रकार चित्रान थापा र खेम भण्डारीलाई विशेष धन्यवाद दिन चाहन्छु । आफ्नो जीवनको प्रवाह नगरी संकटकालमा पनि मेरो यस घटनाको विरोध गर्नु भयो र अन्य सबै साथी शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सबैभन्दा बढी धन्यवादका पात्र छन् सि.व.क्याम्पसका विद्यार्थी साथीहरू जसले यो घटना तिव्र रूपमा विस्तार गरेका थिए भने मेरो मन निरास भईरहेको बेला मलाई स्ववियु सभापतिमा निर्वाचित गराई मलाई बाँच्ने आधार र सहानुभूति दिएका थिए ।

यसरी जीवनको प्रभातकालमै बन्दुकका कुन्दाको कुटाई र गोलीका घाउले मेरो शरीरमा क्यान्सर हुने खतरा बढाएको छ । अझै पनि मेरो तिघ्रा र पैतालामा ४०÷४५ वटा गोलीका छर्राहरू झिक्न बाँकि छन् । हिँडडुल गर्दा अत्यन्तै दुख्ने गर्छन् । एक महिना अगाडी मात्र पनी एक्कासी दुखाई बढेर जाच गराउन जादा मासुमा रहेका गोलीका छर्राहरु एक ठाउमा जम्मा भएको र त्यसलाई निकाल्नु पर्ने धुलिखेल अस्पतालका डाक्टर हरुको सल्लाह बमोजिम सोहि अस्पतालमा सल्यक्रिया गरी एक महिना भन्दा बढीको बेड रेस्ट पश्चात सामान्य हिड्दुल गर्न सुरु गरेको छु । डाक्टरहरू भन्छन, मासु भित्रै रहेका गोलीका छर्रा हरुले गर्दा भबिस्यमा समेत यस्तो खालको सल्यक्रिया गराइरहनु पर्ने हुन्छ । मेरो राजनैतिक संघर्ष जीवन मरणको दोसाद बाट सुरु भएको हो र मैले मेरा जीवनका सुनौला दुई दशक वर्ष अनेरास्ववियु लाई दिएको छु । सबै विद्यार्थी साथीहरु र जनताको सहयोग र सहानुभुतिका कारण मैले मृत्युलाई जितेर आम विद्यार्थी हरुको लागि काम गर्ने मौका पाए , जुन मेरो लागी गौरव को विषय हो । सिद्धनाथ बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटिको सहसचिव बाट सुरु भएको मेरो विद्यार्थी राजनीति जिल्ला कमिटि, अंचल, क्षेत्र, सोहि क्याम्पस को निर्वाचित स्व.वि.यु. सभापति हुदै केन्द्रिय कमिटिमा सचिवालय सदस्य सम्म आएर औपचारिक रुपमा रोकिए पनि म निरन्तर रुपमा आम देशप्रेमी विद्यार्थीको हक र हितको लागि आन्दोलनको अग्रमोर्चामा छु र रहनेछु ।. विद्यार्थीको औपचारिक जिम्मेवारीबाट बिदा लिए पछी म तत्कालिन नेकपा एमालेको जिल्ला तह, अंचल तह हुदै अहिले नेकपाको सुदुरपश्चिम प्रदेश कमिटिमा रहेर निरन्तर जनताको माझ मा छु । मेरो प्रतिवद्धतामा कमि आएको छैन । शारिरीक रूपमा असक्त भएता पनि मानसिक रूपमा सबल छु र एक मुठ्ठी सास र एक थोपा रगत रहुन्जेलसम्म देश र जनताको निम्ति निरन्तर संघर्षको मैदानमा डटिरहने प्रण गर्दछु ।
अन्तमा : –

अहिले विश्व सहित नेपाल पनि कोभिड १९ को महामारी संग लडिरहनु परेको विषम परिस्थितिमा समेत राजनैतिक वृतमा देखिएको पुरानै अंक गणितीय खेलले म जस्ता गणतन्त्र को लागि रगत र पसिना बगाएका कयौ योद्दा हरुको मन दुखिरहेको छ । बिभिन्न घटना क्रमले निम्त्याएको अन्यौलको माहोल र नेपाली राजनीतिमासत्ता परिवर्तनकोे हल्लाले आम जनतामाझ निराशा उत्पन्न गराएको छ । यो बेला सम्पूर्णको ध्यान र राज्यको सम्पूर्ण शक्ति महामारी बिरुद्द एक हुनुपर्ने बेलामा मौजुदा सरकार ढालेर अर्को सरकारले कुनै चमत्कार गर्छ भन्नु बेमौसमी बाजा बजाउनु सरह हो । यो सरकारलाई सबै मिलेर सफल बनाई इतिहांसले दिएको अभिभारा पुरा गर्नु नै बुद्धिमानी हुनेछ । सरकारका कमी कमजोरीको विरोध गर्ने यो उपयुक्त बेला होइन । लामो संघर्स बाट प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र लाइ संथागत गर्ने र सम्पूर्ण राजनैतिक सक्ति हरु एक ढिका भएर महामारी संग लड्नु पर्ने अहिलेको अवस्था आवस्यकता हो । यो अवस्था भनेको कुनै पनि राजनैतिक पार्टीका एजेण्डा हरु स्थापित गराउने बेला होइन । यो विषम परिस्थिति संग लडेर आफ्ना नागरिकलाई राज्यको उपस्थितिको आभास गराउने यो नै उपयुक्त मौका हो । राजनीति गर्नलाइ त फेरी पनि समय आउला, आफ्ना राजनैतिक मुद्दा स्थापित गराउने त फेरी पनि समय आउला तर आम नागरिक ले अहिले राज्यबाट पाउनुपर्ने अभिभावकत्व को महसुस गर्न सकेनन भने न राजनीति गर्ने ठाउ बच्छ न राजनैतिक दल का मुद्दा नै काम लाग्छन । लामो अस्थिरता बाट विस्तारै स्थिरता तिर बामे सर्ने बेलामा अकस्मात फैलिएको यो महामारीलाई हामी सब एक भएर उपयुक्त व्यवस्थापन गर्न चुक्यौ भने निश्चित रूपमा देश बर्वादीको दिशा तर्फ धकेलिने छ । यसले हाम्रो भविष्यलाई अन्धकारमय बनाउने छ । हामीले बेलाबेलामा गरेका आन्दोलन र संघर्ष को अपमान हुनेछ, हजारौ नेपालीको रगतको अपमान हुनेछ र हजारौ सहिदको अपमान हुनेछ । तिम्रो भलाई हाम्रो भलाई , तिम्रो पिडा हाम्रो पिडा भन्ने मान्यता का साथ अगाडी बढौ । बनाउन भन्दा भात्काउन समय लाग्दैन । ठूलो मिहिनेतले गरेको पार्टी एकता र झन्डै दुई तिहाइको बहुमत सहितको स्थिर सरकारलाई कमजोर बनाउने काम नगरौ, इतिहासले धिक्कार्छ । पार्टीका आम कार्यकर्ता, जसलाई कुनै स्वार्थ छैन, सत्ताको खेल जान्दैनन, उनिहरुलाई धक्का लाग्ने देखिन्छ, उनका आंसुको बलिबेदीमा नयां षड्यन्त्र रची इतिहासमा कालो पात्र बन्ने प्रयास नगरौ । कमि कमजोरी जसका पनि हुन्छन । परिक्षामा उपस्थित भएपछी सतप्रतिशत नम्बर कोहिले पनि ल्याउदैन तर बाटो सकारात्मक छ भने ५० प्रतिशत भन्दा माथि पनि राम्रै मानिन्छ । धेरै राम्रो र थोरै नराम्रो छ भने पनि त्यसलाई राम्रै मानिन्छ । अंश अंश लिएर समग्रलाई तिलान्जली नदिऔ । हो यो सरकार लाइ सफल बनाउन बृहत छलफल गर्नु पर्छ होला, त्यसैले समुहिकतामा अगाडी बढौ तर नेतृत्वनै बदल्ने कुरा अहिले नगरौ ।


यस्तो महामारिमा राति सपनामा सिंहदरवारको दिवा सपना देख्ने कोही पनि कम्युनिस्ट हुन् सक्दैनन । कम्युनिस्ट भनेको त सर्बहारा बर्गको नेतृत्व गर्ने, खुदै सर्वहारा हुने र त्याग तपस्या र बलिदानीको पर्याय हो । जित्नलाई सारा संसार छ तर गुमाउनको लागि केवल यो शरीर छ भन्ने भावना लाइ आत्मसाथ गर्नु जरुरि छ । यो बेला व्यक्तिगत स्वार्थ, दलगत स्वार्थलाई छाडी राष्ट्रिय स्वार्थलाई अपनाउने हो । दुई तिहाईको बलियो सरकार को बिकल्प खोज्दा अर्को सरकार झन् कमजोर र उपनिवेशी चरित्र को हुनेछ अनी यो संबिधान को कार्यान्वयनको सान्दर्भिकता कमजोर हुनेछ । अहिले व्यक्ति ठुलो बन्ने होइन, यो महामारी बाट खस्केको मनस्थितिलाई उकासेर भय–त्रासको वातावारणलाई कम गरी नेपाली जनताको आखामा खुसियाली ल्याउन पर्ने समय हो । कसैलाई घाटा वा नाफाको राजनीति होला तर आम नेपालीहरुको लागि यो जीवन मरण को लडाई हो, यसमा सबैको साथ, समर्थन र सहयोग गरि अगाडी बढौ, सत्ता लुछाचुडीको खेल मा नलागौ ।

–महेश प्रसाद पन्त
ने.क.पा, सुदुरपश्चिम प्रदेश कमिटि सदस्य
(जनान्दोलन घाइते)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, यसो गर्नुहोस्

काठमाडौँ । छालालाई राम्रो र अनुहारलाई चम्किलो बनाउन व्युटिसियन वा औषधिहरुको प्रयोग गर्न आवश्यक छैन। त्यसका लागि घरमै पाइने केही घरेलु विधि गर्नु भयो...

अ’त्यधिक क’पाल झ’र्ने सम’स्यामा ४ घ’रेलु उपा’य

क’पाल झ’र्ने सम’स्याबाट धेरै मानिसहरु चि’न्तित हुन्छन् । विभिन्न कारणले क’पाल झर्ने सम’स्या पैदा हुन्छ । तर, ग’म्भीर रो’गका कारण क’पाल झर्ने सम’स्यामा बाहेक...

अध्ययन भन्छ, एउटा मानिसको जी’वनको ९ वर्ष मोबाइल हेरेर बि’त्दछ

सायद तपाईं हामीमध्ये धेरै जनाले दिउसो तथा रा’तमा समेत मोबाइल फोन खेलाएर धेरै समय बिताउँदछौँ । आखिर मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल...

अ’नुहारको छा’लाको सबै सम’स्याको एउटै समा’धान– सुन्तलाको बो’क्रा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको...

छो’रा हुन्छ कि छो’री पहिलै कसरी थाहा पाउने ? यस्तो भन्छ...

ग’र्भमा रहेको ब’च्चा छो’रा वा हो छोरी ? ग’र्भवतीको शा’रीरिक स्थिति वा अन्य कुनै सं’केतबाट त्यसको छि’नोफानो गर्न सकिएला ? जब तपाईं ग’र्भवती हुनुहुन्छ,...

गाला हेरेरै थाहा हुन्छ महिलाको स्वभाव, कोठी र डिम्पलले दिन्छ यस्तो...

हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले...

धन तथा आर्थिक समस्याबाट छुटकारा पाउन गर्नुहोस् यस्ता अचुक उपाय !

एक व्यक्तिले धन प्राप्त गर्न हर प्रयास गर्छ किनभने राम्रो जीवन बिताउन र दैनिक आवश्यकताहरू पूरा गर्न धन हुनु धेरै महत्त्वपूर्ण हुन्छ। तर कहिलेकाँही...

ब’र्गर भन्दा समोसा खाँ’दा हुन्छ धेरै फाईदा , य’स्ता छन् का’रणहरु

तपाईं स्वा’स्थ्य बिग्र’ने डरले समोसा खानु हुन्न ? यस्तो भइरहेको छ भने तपाईंले यी कु’राहरुलाई दि’मागबाट हटाइदिनुहोस् । पछिल्लो समय जन्क फुडप्रति नेपालीको पनि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया