सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्वसचिव उपाध्याय २५ हजार धराैटीमा रिहा

काठमाडाैं– पूर्वसचिव भीम उपाध्याय २५ हजार धराैटीमा रिहा भएका छन् । जिल्ला अदालत, काठमाडाैंले उनलाई रिहा गर्न आदेश दिएकाे हाे । सामाजिक सन्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारलाई आलाेचना गरेकाे आराेपमा प्रहरीले उनलाई १० गते पक्राउ गरेकाे थियाे । त्यसपछि उनलाई साेह्रखुट्टे प्रहरी हिरसातमा राखिएकाे थियाे । उनीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएकाे थियाे । पूर्वसचिव उपाध्याय र स्वास्थ्य सचिव यादव काेइरालाबीच ट्विटर र फेसबकुमा दाेहाेरी चलेपछि उनलाई प्रहरीले पक्राउ गरेकाे अनुमान गरिएकाे छ याेबीच समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई देखि अन्य नेताहरुसमेतले सामाजिक सन्जालमा उनकाे पक्राउकाे चर्काे विराेध गरेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.