Tuesday, November 24, 2020

किम जिवित र सकुशलै छन् : दक्षिण कोरिया

- Advertisement -

सउल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जिवित र सकुशलै रहेको दक्षिण कोरियाली अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ। नेता किमको स्वास्थ्य स्थिति खराब भएको र उनको मृत्युसमेत भएको खबर कतिपय सञ्चार माध्यममा आइरहेका बेला दक्षिण कोरियाले उनी सकुशलै रहेको जनाएको हो।

राष्ट्रपतिका विदेश नीति सल्लाहकार मुन चङइनले किम अप्रिल १३ देखि वोन्सान क्षेत्रमा बसेको बताएका छन्। ‘किम जोङ उन जिवित र सकुशल छन्’, मुनले भने, ‘उनी अप्रिल १३ देखि वोन्सान क्षेत्रमा बस्दै आएका छन्। त्यस्तो कुनै शंकास्पद घटना पत्ता लागेको छैन।’

अप्रिल १५ मा किमका हजुरबुबाको जन्मोत्सवमा उनी उपस्थित नभएपछि विभिन्न प्रश्नहरू उठेका थिए। उत्तर कोरियाको राज्य नियन्त्र‍ित सञ्चार माध्यमका अनुसार उनले अप्रिल ११ मा पोलिटब्यूरोको बैठकमा सहभागिता जनाएका थिए। त्यसपश्चात् उनी सार्वजनिक रूपमा देखा परेका छैनन्।

केही दिनअघि अमेरिकी गुप्तचर संस्थाले किमको शल्यक्रिया भएको साथै उनको स्वास्थ्य स्थिति निकै नाजुक भएको बताएको थियो।

त्यस्तै दक्षिण कोरियाबाट उत्तर कोरियामा आधारित प्रकाशन भइरहेको अनलाईन डेली एनकेले किमको मुटु सम्बन्धी समस्या भएको उल्लेख गरेको छ। साथै उनको लगातार उपचार भइरहेको समेत जनाएको छ।

उक्त अनलाईनलाई उदृत गर्दै सीएनएनले लेखेअनुसार किमले अत्यधिक धूम्रपान गरेको तथा धेरै धपेडीका कारण स्वास्थ्य समस्या आएको हो।

तर वास्तविकता भने अझै खुल्न सकेको छैन।

अन्नपूर्ण पोस्टमा खबर छ !

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भन्दा बलिउड सुपरस्टार तर पढाइ भने जिरो रहेका यी हुन् भारतीय...

फ्यानहरु माझ उनका मनपर्ने कलाकार आइडल रहने गरेका छन् । आफुलाई मनपर्ने कलाकारको बारेमा जान्ने उत्सुकता सबैमा हुने गर्दछ ।उनीहरुको रहनसहन, अध्ययन तथा निजि...

‘फिफा द बेष्ट अवार्ड’ डिसेम्बर १७ मा भर्चुअलबाट हुने

काठमाडौं,७ मंसिर- ‘फिफा द बेस्ट अवार्ड’ समारोहकाे मिती तय भएकाे छ । काेराेना भाइरसका कारण यसपटक याे अवार्ड डिसेम्बर १७ मा भर्चुअलबाट हुने भएकाे छ...

आज विश्व शौचालय दिवस

ट्वाईलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनें अत्यन्त फोहोर या दुरअवस्था जनाउने ठाँउ जनाउनु...

नेपाल विश्वकै एक सुन्दर देश हो : कतारका राजकुमार शेख मोहम्मद

संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लाग्नुभएका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गर्नुभएको छ...

यूएईमा अब अविवाहित जोडी एकसाथ बस्न पाउने !

संयुक्त अरब इमिरेट्सले हालै आफ्ना नागरिक र आपराधिक कानूनमा केही व्यापक परिवर्तन गरेको छ । यहाँ ८४ लाखभन्दा बढी (सन् २०१८ मा भएको एक...

खुसिको खबर ! दिल्लीले टस जितेर ब्याटिङ रोज्यो, फाईनल खेलमा भने...

  इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको...

आईपीएलको उपाधिका लागि आज सन्दीप लामिछाने आबद्ध दिल्ली र मुम्बई भिडेन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने...

कोरोना भाईरसका विरामी बढेपछि विवाहका लागि नयाँ निर्देशिका लागु

एजेन्सी । पाकिस्तानमा बैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ । कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया