सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भिमदत्त नगरलाई द्वन्द्व पिडीत तथा एकल महिला बिकास केन्द्रकी अध्यक्ष बोहराद्वारा चेक हस्तान्तरण

महेन्द्रनगर ,बैशाख, १४ कोरोना भाईरस कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले चैत्र ११ गते देखी लकडाउन कारण कन्चपुरको भिमदत्त नगरपालिकालाई द्वन्द्व पिडीत तथा एकल महिला बिकास केन्द्र कन्चपुरकी अध्यक्ष सिता बोहराले दशं हजार चेक आर्थिक सहयोग गरेको बताईन् । भिमदत्त नगरपालिका क्षेत्र भित्र रहेका एकल,द्वन्द्व पिडीत ,ज्यालामज्दुरी,गरीब,असाहयहरूलाई भोकभोकै बस्नु नपर्ओस भनेर आफुले सानो सहयोग गरेको द्वन्द्व पिडित तथा एकल महिला बिकास केन्द्रकी अध्यक्ष सिता बोहराले बताईन । उत्त रकम भिमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र बिष्टलाई हस्तान्तण गरेको समेत जानकारी दिनुभएको छ । उत्त रकम बुझ्दै नगर प्रमुख बिष्टले भने यस्तो महामारीमा सहयोग गरेको भन्दै अध्यक्ष बोहरालाई धन्यवाद समेत दिनुभएको छ । उत्त सहयोगलाई गरीब,दुखी,असाहयहरू समक्ष पुर्याउने नगर प्रमुख चन्दले जानकारी दिए । यस्तो घडीमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौैं । र नगर वसी,वडा वसीहरूलाई सरकारलाई सहयोग गर्न् समेत आग्रह गर्नु भएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.