Friday, November 27, 2020

राहत वितरणमा घरपकड भएपछि सहयोगी दाता रुष्ट

- Advertisement -

महेन्द्रनगर । कञ्चनपुरमा शनिबार विद्यार्थीहरुलाई राहत वितरण गरिरहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

महेन्द्रनगरमा भाडा गरि बस्ने खाद्यान्न अभाव भएका विद्यार्थीलाई विभिन्न दाताको सहयोगमा राहत वितरण गरिहेको उक्त समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हाल अध्ययन तथा रोजगारीका लागि हाल अमेरिकामा रहेका नेपालीको आर्थिक सहयोगमा उप प्राध्यापक मनिश ओझाको समन्वयमा राहत वितरण कार्य भईरहेको थियो ।

हाल अमेरिकामा रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उप प्राध्यपक टेकेन्द्र भट्टले त्यहाँ रहेका नेपालीबाट समस्यामा रहेका विद्यार्थीलाई सहयोग रकम संकलन गरि नेपाल पठाएका थिए ।

“यहाँ रहेको साथिहरुले व्यक्तिगत खर्च कटाएर समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न रकम संकलन ग¥यौँ” उप प्राध्यापक भट्टले अमेरिकाबाटै भने “यहाँ हामी पनि लकडाउनले समस्यामा छौँ, तर विद्यार्थीको समस्यालाई बुझेर सक्दो सहयोग गर्ने प्रयाु गरेका थियौँ ।” उक्त सहयोग हस्तान्तरणमा प्रशासनको हस्तक्षेप भएको देख्दा दुख लाग्यो ।
अमेरिकास्थीत आफ्नो साथिहरु मिलेर विभिन्न चरणमा सहयोग गर्ने योजना रहेको उनको भनाई छ ।

तर शनिबार राहत वितरणमा प्रहरीको हस्तक्षेप भएपटि मन खिन्न भएको उनले बताए ।

सरकारले राहत वितरण गरे पनि भाडामा बस्ने विद्यार्थीले नपाएको खबर मिडियामा आएपछि प्राध्यापक भट्टको पहलमा सहयोग रकम संकलन भएको थियो ।

स्थानीय तहले नगरवासिलाई राहत विरतण गरेपनि डेरा गरि बस्ने अधिकाशं विद्यार्थीले राहत पाएका छैनन् ।

शनिवार भीमदत्त नगरपालिकास्थित कञ्चन विद्या मन्दिरमा विद्यार्थीलाई राहत वितरण गरिरहेका विद्यार्थी नेतालाई नियन्त्रणमा लिए थियो ।

उनिहरुसँग राहत विरतणबारे सोधपुछका लागि उप प्राध्यापक ओझालाई प्रहरीलेसँगै बोलाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले स्थानीय तह तथा प्रशासनसंग समन्वय नगरी राहत वितरण गरिरहेका विद्यार्थी नेता नरेन्द्र भाट, भुवन विष्ट सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

‘स्थानीय तह र प्रशासनसंग समन्वय नगरी राहत वितरण गरिरहेकाहरुलाई शिक्षक–विद्यार्थीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एकद्धार प्रणालीबाट राहत वितरण गर्न निर्देशन दिएको छ ।
उता विद्यार्थी नेताहरुले भने नगरपालिकाले विद्यार्थीलाई राहत बाड्न सक्ने भने पछि राहत वितरण गरिएको दाबी गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन देश तीन सातादेखि लकडाउनमा छ । लकडाउनले गर्दा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने तथा डेरा गरी बस्ने मानिस प्रभावित भएका छन् ।

प्रहरीले नियन्त्रणमा लिएको केही समयपछि उनिहरुलाई निसर्त रिहा गरेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया