सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा खाद्यान्न समस्या भएका विद्यार्थीलाई राहत वितरण गरिरहेका २ जना पक्राउ

महेन्द्रनगर ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन देश तीन सातादेखि लकडाउनमा छ । लकडाउनले गर्दा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने तथा डेरा गरी बस्ने मानिस प्रभावित भएका छन् । उनिहरुलाई विभिन्न निकायले सहयोग संकलन गर्दै राहत वितरण गर्ने क्रम पनि जारी छ ।

यद्यपी शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित कञ्चन विद्यामन्दिरमा विद्यार्थीलाई राहत वितरण गरिरहेका विद्यार्थी नेता सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sana Kishan

तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जानकारी दिए । पक्राउ पर्नेहरुमा विद्यार्थी नेता नरेन्द्र भाट, भुवन विष्ट र एक जना अर्का रहेका छन् । ‘राहत वितरण गर्दा प्रशासन र स्थानीय तहसंग समन्वयमा गर्नु पर्छ, त्यसको बारेमा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।’ डिएसपी पौडेलले भने ।

World Link Ads
Mahakali Polytechnic

उता विद्यार्थी नेताहरुले भने नगरपालिकाले विद्यार्थीलाई राहत बाड्न सक्ने भने पछि राहत वितरण गरिएको दाबी गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.