Saturday, November 28, 2020

नेकपाको स्थापना दिवसः पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाइनेः प्रधानमन्त्री ओली

- Advertisement -

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताएका छन् ।
यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले बितेका यी वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र सङ्गठित गर्दै आएको तथा अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै सङ्घर्षको नेतृत्व गरिरहेको स्मरण गरेका छन् ।

अप्रिल २२ (वैशाख १० गते), ७१ वर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजकै दिन विश्वमा परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो ।

नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो भने वर्तमान सत्ताारुढ नेकपाको २०७५ जेठ ३ गते एकता भएको थियो ।

“सात दशकको अवधिमा लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भयो तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो ।” प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भनेका छन्, “पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनःर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो ।”

कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको उल्लेख गर्दै उनले पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले सात दशक लामो आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरु, निष्ठापूर्वक निरन्तर समर्पित साथीहरु र हसिंया हथौडाअंकित झण्डामुनि गोलबन्द भई संगठित रुपमा योगदान गर्ने न्यायप्रेमी जनसमुदायको उच्च सम्मान गर्दै नेकपामाथि भरोसा गर्दै विश्वास तथा साथ–सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनताप्रति हार्दिक कृतज्ञता समेत जाहेर गरेका छन् । रासस

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया