Saturday, November 28, 2020

कञ्चनपुरका पत्रकारलाई संञ्चार खर्च

- Advertisement -

पछिल्लाे  विषम परिस्थितिमा विश्वभरीका संचारकर्मी जोखिम मोलेर जनतालाई अनवरत रुपमा सुचना दिईरहेका छन् । 
यतीबेला रातदिन स्वास्थ्ययकर्मी, सुुरक्षाकर्मी र संचारकर्मी अहोरात्र रुपमा खटिएका छन् । संचारकर्मीको कामको मुल्याङ्गकन गर्दै कञ्चनपुर भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका एक युवा उद्यमीले संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएका छन् । किशान पोल्ट्री सप्लायर्सका संचालक समेत रहेका युवा उद्यमी किरण साउदले कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएका हुन् ।
लकडाउनका समयमा संचारगृहको कारोबार नभएपछि उनीहरुलाई सुचना सम्प्रेषणका लागि सहज होस भन्ने उदेश्यले युवा उद्यमी साउँदले नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई रिचार्ज उपलब्ध गराएका थिए ।
बुधबार बिहान युवा उद्यमी साउदले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सह–सचिव मोहन विष्टलाई रिजार्ज उपलब्ध गराएका थिए । किरणले कञ्चनपुरका कृयाशिल संचारकर्मीलाई रिचार्जका लागि १० हजारको रिचार्ज उपलब्ध गराएका थिए । साउदले उपलब्ध गराएको रिचार्ज मध्ये प्रति पत्रकार २५०का दरले कञ्चनपुरका कृयाशिल पत्रकारले प्रयोग गर्ने मोबाईलमा ट्रान्सफर गरियो ।
सत्ताधारी अनेरास्ववियु कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टको पहलमा युवा उद्यमी साउदले संचारकर्मीको पीडा ह्यदगमन गर्दै रिजार्ज उपलब्ध गराएको बताए ।
‘अहिले विश्वभरी चलिरहेको कोरोनाको महामारीमा सबैभन्दा स्वस्थ्यकर्मी, सुररक्षाकर्मी, संचारकर्मी लगायतका केही सरकारी निकाय खटिएका छन्, ‘उनले भने, ‘जनतालाई कोरोना सम्बन्धीको सत्यतथ्य सुचना प्रवाहमा संचारकर्मीको अहम भूमिका हुन्छ ।’ यस अघि साउदले भीमदत्त नगरपालिका २नम्बर वडा कार्यालयलाई १७ बोरा चामल दिएका थिए ।
कोरोनो बिरुद्धकको अभियानमा आगामी दिनमा समेत सहयोग गरिने उनले बताए । साउद सफल उद्यमीका रुपमा संघीय पशुपन्छी मन्त्रालय, प्रदेश, जिल्ला, नगर, विभिन्न सरकारी तथा संघ संस्था निकायबाट साउद पुरस्कृत एव सम्मानित हुँदै आएका थिए । यस्तै कञ्चनपुरका विद्यार्थी नेता समेत रहेका अनेरास्ववियू कार्यालय सदस्य किशोर भट्टले युवा उद्यमी साउदबाट संचारकर्मीको पीडा बुझेर रिचार्ज उपलब्ध गराएकोप्रति आभार प्रकट गरे ।
उनले संचारकर्मी सहित विद्यार्थी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई सक्दो राहत दिलाउनका लागि पहल थाल्ने बचन दिएका छन् । विषम परिस्थितिमा संचारकर्मीको पीडा बुझेको भन्दै कञ्चनपुरका सम्पूर्ण संचारकर्मीले रिचार्ज उपलब्ध गराउने युवा उद्यमी साउद र पहल थाल्ने विद्यार्थी भट्टलाई धन्यवाद एव हार्दिक कृतज्ञता प्रकट गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया