Friday, December 4, 2020

राहत वितरणमा वेदकोट नगरपालिका सक्रिय

- Advertisement -

महेन्द्रनगर। कञ्चनपुरको वेदकोट नगरपालिकाले राहत वितरणको काम चरणबद्ध रुपमा गरी रहेको छ । गत चैत ११ गतेदेखि लागेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई विभिन्न चरणहरुमा राहत वितरण गरी रहेको वेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले जानकारी दिनु भयो ।

उहाका अनुसार वेदकोट नगरपालिकाको कार्यपालिकाले बनाएको कार्यविधि अनुसार राहत वितरणको काम भइरहेको छ । नगर भित्र रहेका विपन्न, गरिब तथा दैनिकी ज्यालादारी गरेर खानेहरु यतिबेला झन मारमा परेकाले राहत वितरण गरी रहेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख चन्दका अनुसार २५ किलो चामल, २ केजी दाल, २ केजी नुन, तेल लगायतका दरले राहत सामाग्रीहरु वितरण भइरहेको छ ।

अहिलेसम्म वेदकोट नगरपालिका भरिमा राहत वितरणका लागि करीब ३ हजार ३ सय भन्दा बढि जनाहरुको तथ्याङ्क संकलन गरीएको बताउदै नगर प्रमुख चन्दले वडातहबाटै राहत वितरण भइरहेको दाबी गर्नुभयो । हालसम्म १ हजार जना भन्दा बढिलाई राहत वितरण गरी सकेको उहाले जानकारी दिनुभयो ।

वेदकोट उद्योग वाणिज्य संघका प्रतिनिधी, रेडक्रस सोसाइटीका प्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधी लगायत गरी ११ सदस्यीय राहत आपुर्ति तथा व्यवस्थापन समिति बनाइएको र राहत सामाग्रीको व्यवस्थापन सोही समितीमार्फत गरिरहेको नगर प्रमुख चन्दले जानकारी दिनुभयो ।

नगरपालिकालाई राहत सामाग्री, स्वास्थ्य सामाग्री, नगद गरी करीब २० लाखसम्मको सहयोग प्राप्त भएको बताउदै नगर प्रमुख चन्दले प्रदेश सरकारले पनि बजेट पठाएको भएपनि अहिलेसम्म नगरपालिकाको खातामा भने आइनसकेको बताउनु भयो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रदेश सभा सदस्य खड्काद्वारा पुलको शिलान्यास टोटी नालामा

शुक्लाफाँटा नगरपालिकाको वडा १० मा पर्ने टोटीनाला सडकमा पुलको शिलान्यास गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लाल बहादुर खड्काले...

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...

नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर : खानेपानी मन्त्री बिना मगर

कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया