सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रासस कञ्चनपुरका प्रमुख सिंहद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

महेन्द्रनगर, ९ वैशाख। 

कञ्चनपुरका सञ्चारकर्मीहरुलाई राष्ट्रिय समाचार समिति भीमदत्तनगर कार्यालयका प्रमुख शेरबहादुर सिंहले प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री वितरण गरेका छन ।कोरोना भाइरसको जोखिमका बेला पनि आम नागरिकलाई सु–सूचित गर्न निरन्तर समाचार संकलनमा खटिएका कञ्चनपुरका २५ जना सञ्चारकर्मीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन  ।

रासस कञ्चनपुर कार्यालयका प्रमुख सिंहको संयोजनमा यहाँ स्थित कुमार श्रेष्ठ निर्माण सेवा र भीमदत्तनगरपालिका वडा नं. १ का वडाध्यक्ष आसेफ कुवँर को सहयोगमा सञ्चारकर्मीहरुलाई जोखिम नहोस भनेर सामाग्री वितरण गरिएको सिंहले बताए।

संक्रमणले बढी जोखिममा रहेको भारतसित खुल्ला सीमानाकामा यहाँका टेलिभिजन, रेडियो, अनलाइन र राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाका सञ्चारकर्मीहरु जोखिम मोलेर खबर संकलन गरिरहेका छन ।

World Link Ads
Mahakali Polytechnic

Sana Kishan

“अन्यत्र सञ्चारकर्मीहरुका लागि सेनिटाइजर, माष्क, प्रेस ज्याकेटहरु दिएर सुरक्षा सर्तकता अप्नाएको देखे ।” राससकर्मी सिंहले भने –“यहाँका सञ्चारकर्मीलाई पनि स्वास्थ्य सजगता अप्नाउन सहयोग पुगोस भनेर साथीहरुको सहयोगमा वितरण गरिएको हो ।”सञ्चारकर्मीहरुलाई प्रेस ज्याकेट, सेनिटाइजर, माष्क र गोल्वस वितरण गरिएको छ ।

कञ्चनपुरमा कोरोना भाइरस जोखिम नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई विभिन्न निकाय तथा दाताहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएका छन् ।स्वास्थ्य सामाग्री पाएपछि नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका निर्वतमान अध्यक्ष लक्ष्मण तिवारीले जोखिमका बेला सञ्चारकर्मीको स्वास्थ्य सजगताप्रति देखाएको उदारप्रति आभार व्यक्त गरे ।

सेतिकाली दैनिक बाट सभार ……

https://www.youtube.com/channel/UCny0_bPN6HjURSSK4iPzwZw

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.