सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साईन्स क्याम्पस धन्यवाद काण्डः लेटरप्याडको दुरुपयोग गर्ने महरालाई त्रिविले माग्यो स्पष्टीकरण

महेन्द्रनगर । त्रिभुवन विश्वविद्यालयले कञ्चनपुरस्थित सिद्धनाथ साईन्स क्याम्पसका सहायक क्याम्पस प्रमुख करनसिंह महरालाई लेटरप्याड दुरुपयोग गरेकोमा स्पष्टीकरण सोधेको छ ।

उक्त क्याम्पसको अनेरास्ववियू कमिटीले आफ्ना केही सहपाठीहरूलाई बाँडेको राहत सामग्रीबारे सहायक क्याम्पस प्रमुख महराले गएको बिहीबार क्याम्पसकै लेटरप्याडमा एक विज्ञप्ति जारी गरेका थिए ।

सहायक क्याम्पस प्रमुख महराले क्याम्पसको लेटरप्याडमा लेखेको पत्रमा अनेरास्ववियुलाई महान गौरवशाली संगठन लेखेका थिए । त्यसको सर्वत्र विरोध भएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

विभिन्न सञ्चार माध्यममा  समाचार प्रकाशन गरेपछि यसप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै त्रिविले त्रिविकै आंगिक क्याम्पसका रुपमा सञ्चालित सिद्धनाथ क्याम्पसका सहायक प्रमुख महरालाई आज स्पष्टीकरण सोधेको हो ।

त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालद्वारा सिद्धनाथ क्यम्पसका प्रमुखलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘सहायक क्याम्पस प्रमुखद्वारा हस्ताक्षरित उक्त पत्रमा स्वतन्त्र, निष्पक्ष तथा विरुद्ध शैक्षिक संस्थाको अहंम भूमिका निर्वाह गर्दै आएको त्रिविको गरिमामा नै आँच आउने प्रवृत्तिको शब्दावली प्रयोग गरेको पाइएकोले त्यस प्रकारका शब्दहरु के कति कारणले प्रयुक्त भएका हुन्? दुई दिनभित्र यथार्थ जानकरी गराउन अनुरोध छ।’

यता, त्रिवि प्रध्यापक संघका अध्यक्ष वसन्त ढकालले स्पष्टीकरण सोधेरमा मात्र नपुग्ने भन्दै सहायक क्याम्पस प्रमुख महरालाई विभागीय कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । ‘त्रिविको स्पष्टीकरण सोधिएको पत्रमा कुनै कारबाही उल्लेख गरिएको छैन।’ उहाँले रेडियो एनआएनसँग भन्नुभयो, ‘स्पष्टीकरणपछि अनुसन्धान गरेर वित्रिको प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ ।’

शिक्षण संस्था जस्तो पवित्र ठाउँमा खुलेआम रुपमा यसरी कुनै पनि पार्टीको प्रचारप्रशार वा समर्थन गर्न नहुनेमा उहाँले जोड दिए ।
त्यसैगरी प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सचिव डा विष्णु पोखरेलले पनि स्पष्टीकरण सोधेर मात्रै नहुने र केही न केही कारबाही हुनु पर्नेमा जोड दिए । उनले यस्ता विकृति रोक्नका लागि पदाधिकारी नियुक्तिमा भागबण्डा गर्ने प्रबृत्ति अन्त्य गर्दै वरिष्ठताका आधारमा मात्रै नियुक्ति हुने व्यवस्था गर्नु पर्ने बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.