Wednesday, November 25, 2020

कञ्चनपुर उद्योग वाणिज्य संघ र व्यवसायीद्धारा १ लाख २३ हजार सहयोग

- Advertisement -

महेन्द्रनगर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)रोकथाम तथा नियन्त्रणका लागि भीमदत्त नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा उद्योग वाणिज्य संघ कञ्चनपुरले ५१ ह्जार नगर सहयोग गरेको छ ।

नेपाल सरकारद्धारा लागु गरिएको लकडाउनका कारणले बिपदमा परेकाहरूको सहयोगार्थ भिमदत्त नगर पालिकाको बिपद व्यवस्थापन कोषमा उद्योग वाणिज्य संघ उक्त सहयोग रकम आईबार हस्तान्तरण गरेको हो ।

त्यस्तै गरि नरगपालकाको विपद् व्यवस्थापन कोषमा कञ्चनपुरमा व्यवसायि तथा उद्योग वाणिज्य संघका पदाधिकारीले व्यक्तिगत रुपमा पनि सहयोग गरेको छन् ।

होटेल ओपेरा प्रा.लि.का गणेशदत्त चटौतले ५० हजार, कन्चनपुर उद्योग वाणिज्य संघका सदस्यद्धय चेतराज जोशी र कृष्णदत्त भट्ट ११=११ हजार रुपयाँ कोषमा जम्मा गरेका छन् ।

आईबार उक्त सहयोग रकम भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टलाई हस्तान्तण गरिएको छ । उक्त रकमलाई भोकभोकै बसीरहेका गरीब असाहय, असक्तलाई राहत सहयोग पुग्ने विश्वासका गरिएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले उक्त सहयोग रकम बुझ्दै सहयोगका लागि सहयोगी लातालाई धन्यवाद ज्ञापन गरे ।

साथै नगरपालिका प्रमुख बिष्टले सहयोग रकम वास्तविक ज्याला मजदुरी, गरीब, असाहयहरूलाई राहतमा खर्च गर्ने दावि गरे ।

मल्ल मेमोरियल ट्रष्टद्धारा भीमदत्तलाई १ लाख १० सहयोग

कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङग बहादुर मल्लले कान्छि आमाको नाममा स्थापना गरिएको ट्रष्टबाट भीमदत्त नगरपालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

उनले आमा राजुदेबी मल्ल मेमोरियल ट्र्स्टबाट भिमदत्त नगरपालीकाको विपद व्यवसथापन कोषलाई १ लाख १० हजार रुपैयाको चेक आईतबार हस्तान्तरण गरे ।
अध्यक्ष मल्ले आफुले उक्त रकमलाई भोकभोकै बसीरहेका गरीब असाहय, असक्तलाई सहयोग पुग्ने विश्वासका साथ उक्त रमक नगरपालिकालाई हस्तान्तरण गरेको बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया