Wednesday, November 25, 2020

सीमा फसेका क्रियापुत्रीलाई झोलुंगे पुल खुला गरी दार्चुला प्रवेश गराईयो

- Advertisement -

दार्चुला । नेपाल तथा छिमेकी मित्र राष्ट्र भारतमा भएको लकडाउनका कारण आमाको मृत्यु भएर पनि भारतीय क्वारेन्टाईनमा बस्न बाध्य क्रिया पुत्रीलाई आज दिउँसो दार्चुला प्रवेश गर्न दिईएको छ ।

लकडाउनमा फसेका उनले आमाको मृत्युमा दागवत्ती समेत दिन पाएनन ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का ३४ वर्षीय बासुदेव भट्टलाई आज दिउँसो दत्तु स्थित झोलुङ्गे पुलको ढोका खोली नेपाल प्रवेश गराईएको हो ।

स्थानीय प्रशासन र भारतीय सुरक्षाअधिकारीको समन्वयमा दत्तुस्थित झोलुंगे पुलमा लगाएको ताला खोली उनलाई नेपाल प्रवेश गर्न दिईएको हो ।

आमाको मृत्यु भएको ६ दिनपछि उनलाई दार्चुला प्रवेश गराउन सहमत भएको स्थानीय प्रशासनले आज दिउसो उनका लागि दत्तुस्थित महाकाली नदी पुलमा रहेको झोलुंगे पुल खुला गरेको थियो ।

उनलाई दार्चुला प्रवेश गराउन भारतीय सुरक्षाअधिकार, नेपालको सशस्त्र प्रहरी प्रहरी, प्रहरी र स्थानीय प्रशासनका प्रतिनिधि पुलमा पुगेका थिए ।

भारतीय सुरक्षाअधिकारीले क्रियापुत्री भट्टलाई नेपाली समकक्षीलाई हस्तान्तरण गरेका थिए ।
आमाको मृत्युमा दागवत्ती दिन समेत झोलुंगे पुल नखोलेको भन्दै सरकार र स्थानीय प्रशासनको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया