Tuesday, November 24, 2020

‘फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना लाग्दैँन’: विद्युत् प्राधिकरण

- Advertisement -

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । चैत र वैशाखको महसुलको हकमा जेठ ६ गतेसम्म तिर्दा दुई प्रतिशत छुट दिने भएको छ ।

निर्धा्रित समयभित्र भुक्तानी नगरे जरिवाना लाग्ने व्यवस्था भए पनि सरकारी निर्णयअनुसार, फागुन र चैतको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । लकडाउन अझै लम्बिए सोहीअनुसार समय थप हुने उनले जानकारी गराए ।

उपभोक्तालाई विद्युत् महसुल, विलम्बबापत लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट दिने निर्णय चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३०औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो । मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौं, ग्राहकले अघिल्लो महिना तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठवटा अनलाइन सेवा प्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ, लकडाउन सकिएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नुभएको रकममा समायोजन गरिनेछ,’ घिसिङले भने ।

लकडाउनको अवस्थामा दैनिक सञ्चालन खर्च, खरिद गरिएको विद्युत्को भुक्तानी लगायतलाई रकम आवश्यक पर्ने र महसुल समयमा संकलन नभए न्यूनतम सेवा प्रवाहका लागि नै खर्च नपुग्ने जोखिम आउन सक्ने देखेर अनलाइनमार्फत महसुल भुक्तानीका लागि अनुरोध गरेको प्राधिकरणले प्रस्ट पारेको छ ।

‘ग्राहक वर्गले प्राधिकरणलाई गरेको भरोसा र सहयोग यस्तो विषम परिस्थितिमा पनि निरन्तर रहने छ भन्ने विश्वास गरेका छौं,’ घिसिङले भने ।

प्राधिकरणले चैत र वैशाखको महसुल आगामी ६ जेठभित्र भुक्तानी गरेमा दुई प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै ग्राहकले पाउँथे ।

प्राधिकरणले अहिले ग्राहकको घरघरमा गई मिटर रिडिङ गर्न सक्ने अवस्था नरहेकोले सिंगल फेज ग्राहकको चैत र वैशाखको बिल फागुनको बिलअनुसार नै गर्नेछ र थ्री फेज मिटर जडान गरेका ग्राहकको हकमा सम्भव भएसम्म मिटर रिडिङ गरेर वास्तविक बिल गर्ने जनाएको छ ।

सिंगल फेज ग्राहकको यी महिनाको बिल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा सोहीअनुसार मिलान गर्ने प्राधिकरणको योजना छ ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले गार्हस्थ (सामुदायिक समेत) वर्गका एक सय ५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकको हकमा गत चैत र यो वैशाखको बिलको इनर्जी शुल्क (न्यूनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

चैतको यस्तो छुट रकम बिल नतिरेको ग्राहकको हकमा बिलमा नै मिलाउने र तिरिसकेको हकमा वैशाखको बिलमा मिलान गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

हेनुहोस् : श्रीमानका यी साना गल्तिले यसरी बिग्रिन्छन् श्रीमती

वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती, विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अर्कैसंग मस्ती,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया