सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा बिहे गर्न स्थानीय तहको सिफारिस चाहिने

प्रशासनद्धारा बिहे गर्न अनुमति, ५ जना भन्दा बढी भेला हुन नपाईने

महेन्द्रनगर । बैशाख महिना लागेसँगै बिहेको चटरो पनि सुरु भएको छ ।

खास गरि पहिले नै बिहेको तीथि मिलाएर बसेका जोडी अहिले लगन गाँठो बाध्ने तयारीमा लागेका छन् ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी हाल विश्व नै लकडाउन छ ।

World Link Ads
Mahakali Polytechnic

नेपालमा पनि सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेको छ ।

Dirghayu Ads
Sana Kishan

साथै संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सामाजिक दुरी कायमसँगै सम्भेलन नगर्न सरकारले निर्देशन जारी गरेका छ ।

यता जिल्ला प्रशासन कार्यालयले कञ्चनपुरले लकडाउनमा विवाह गर्ने अनुमती दिएको छ ।

लकडाउनमा कसैले विवाह गर्न चाहेमा वडा कार्यालयको सिफारीस लिएर बेहुला बेहुली र पण्डीत सहति ५ जनाको उपस्थितिमा सामाजिक दुरी कायम गरी तथा कोरोना रोकथामका उपाय अवलम्बन गरी विवाह गर्न पाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

साथै बिवाहका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिस लिनु पर्ने तथा प्रहरीसँग समन्वय गर्न प्रशासनले सुचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले भने ‘जिल्लामा बढीमा ५ जनाको उपस्थितिमा सामाजिक दूरी कायम गरी विवाह गर्न सकिनेछ तर विवाहको लागी सवारी पास आवश्यक पर्दैन ।’

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.