सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर प्रशासनद्धारा बिहे गर्न अनुमति, ५ जना भन्दा बढी भेला हुन नपाईने

महेन्द्रनगर । बैशाख महिना लागेसँगै बिहेको चटरो पनि सुरु भएको छ । खास गरि पहिले नै बिहेको तीथि मिलाएर बसेका जोडी अहिले लगन गाँठो बाध्ने तयारीमा लागेका छन् ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी हाल विश्व नै लकडाउन छ ।

नेपालमा पनि सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

साथै संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सामाजिक दुरी कायमसँगै सम्भेलन नगर्न सरकारले निर्देशन जारी गरेका छ ।

यता जिल्ला प्रशासन कार्यालयले कञ्चनपुरले लकडाउनमा विवाह गर्ने अनुमती दिएको छ ।

लकडाउनमा कसैले विवाह गर्न चाहेमा वडा कार्यालयको सिफारीस लिएर बेहुला बेहुली र पण्डीत सहति ५ जनाको उपस्थितिमा सामाजिक दुरी कायम गरी तथा कोरोना रोकथामका उपाय अवलम्बन गरी विवाह गर्न पाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले भने ‘जिल्लामा बढीमा ५ जनाको उपस्थितिमा सामाजिक दूरी कायम गरी विवाह गर्न सकिनेछ तर विवाहको लागी सवारी पास आवश्यक पर्दैन ।’

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.