सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना कहर: गाउँ देखि सहर !

महेश नाथ
नोबेल कोरोना भाइरस (कोभिड-१९) को कहर अहिले विश्वभर छ । आम नागरिक यसको संस्त्रासमा छन् । हालसम्म विश्वका लगभग सबै मुलुकमा पुगिसकेको नोभल कोरोना भाइरसले मानव जातीलाई निकै ठुलो चुनौती दिइरहेको छ ।
चीनको हुबई प्रदेश,वुहान शहरमा डिसेम्बर २०१९ बाट सुरु भएको यो एक सरुवा रोग हो । सम्भावित उच्च जोखिम र संक्रमणलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० मा उक्त प्रकोपलाई महामारी घोषणा गरेको थियो ।
कोभिड १९ को संक्रमण दिनानु दिन बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य संगठ्नका अनुसार हालसम्म एक लाख ५४ हजारमा मृत्यु भईसकेको छ भने २२ लाख ५१ हजार कारोना संक्रमित छन् । विशेष गरेर युरोपेलि देशहरू कोभिड -१९ को चपेटामा परेका छन ।

त्यसैगरी हाम्रो छिमेकी देश भारतमा पनि मृत्यु हुनेको संख्या ४ सय ८० पुगिसकेको छ र संक्रमण हुनेको संख्या पनि तीब्र रूपमा बढी रहेको छ । जुन १४ हजार मन्दा माथि छ । तिव्र रुपमा फैलिरहेको यस भाईरसको प्रभावले नेपाल पनि कै जाखिममा छ । शुक्रबार एकै दिन १४ जनामा देखिएको संक्रमणसँगै हालसम्म नेपालमा ३० जना संक्रमित फेला परिसकेका छन् ।

कोभिड १९ को संक्रमण दिनानु दिन बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य संगठ्नका अनुसार हालसम्म एक लाख ५४ हजारमा मृत्यु भईसकेको छ भने २२ लाख ५१ हजार कारोना संक्रमित छन् । विशेष गरेर युरोपेलि देशहरू कोभिड -१९ को चपेटामा परेका छन ।

World Link Ads
Mahakali Polytechnic

हुन त महामारी आफैमा मानव जातीका लागि संक्रमण कालिन जटील अवस्था हो । महामारी ठुलो भौगोलिक क्षेत्रमा धेरै मानिसमा एउटै खाले संक्रमण देखिने गर्दछ । विश्वको ईतिहासलाई हेर्ने हो भने पनि विभिन्न खाले महामारीको सामना गरेको छ र नेपालले पनि विभिन्न समयमा विभिन्न ठाउँमा महामारीको चुनौतीलाई सामना गरेको छ ।

त्यकारणले यस महामारीको सामना हामी सबै मानवजाती मिलेर गर्नुको विकल्प छैन । यस महामारीको रोगथामका लागि चिनले अपनाएका समाजिक दुरि , लकडाउन र आत्माअनुशासन जस्ता रणनीतिहरुको थप कडाईका साथ लागू गरि परिक्षण र उहपचारात्मक पद्धतिलाई सबल र सुदृढ गर्दै जानू पर्दछ ।

कोभिड १९ माहामारिको गर्दा विस्वोको अर्थतन्त्र धरासायी भएको छ । विभिन्न विश्लेसकहरुले यो अवस्था विश्व युद्ध पछिको सबै भन्द ठुलो समस्या रहेको कुरा विश्लेषण गरेका छन् । यो महामारीले राजनीतिक,साँस्कृतिक,विज्ञान र प्रविधि , रोजगारि पर्यटन, व्याबसाय, उत्पदन लगाएत सम्पुर्ण क्षेत्रमा निकै ठुलो असर पारेको छ । उक्त असरको सिधा प्रभाव स्वास्थ्यमा पर्नगइ कुपोषण लगाएत विभिन्न मृत्युदरमा वृद्धि हुन सक्ने उच्च सम्भावना रहेको छ ।

कोभिड-१९ का कारणले समाजमा विभिन्न खाले कलंक, भ्रम र भेदभावहरु बढ्दै गएका छन् । जस्का कारण मानिसहरुमा ज्ञान , मनोवृत्ति र अभ्यासहरुमा परिवर्तन भईरहेको छ ।

यी विभिन्न स्टिग्मा , भ्रम र भेदभावहरुले गर्दा मनिसहरु रोग लुकाउने , स्वास्थ्य सेवा लिन नमान्ने र स्वस्थ व्यावहार समस्याहरुको सृजना भईरहेको छ ।

यस्ता स्टिग्मा ,भ्रम र भेदभावहरु समयमै पत्ता लगाई सुचना प्रवाह गर्न सक्नु पर्छ । जस्का लागि विभिन्न क्षेत्रहरुसंग समन्वय गरि वडा.वडा मा जनस्वास्थ्यकर्मी परिचालन गर्न सकिन्छ ।

Sana Kishan

कोरोनाको कहरको व्याख्या, विश्लेषण र रोगथमा लागि परेको हाम्रो जस्तो विकासउन्मुख देश अन्य रोगहरु पनि समस्याका रुपमा देखा पर्यो भने के गर्ने भन्ने विषयमा चनाखो हुन जरुरी छ ।

देशका विभिन्न ठाँउहरुमा लाम्खुट्टे,फोहोरमैला,शुद्ध खनेपानी ,पोसिलो आहारको आभाव भई रहेको छ ।

यस्तो अवस्थामा विभिन्न रोगहरु जस्तै झाडापखाला,मलेसिया ,हैजा,टाइफाइड ,पेरा टाइफाइड आदि रोगहरुले जनस्वास्थ्यमा निकै असर पार्न सक्ने सम्भावना रहेको छ ।

त्यसकारणले कोरोनाको रोकथाम संगसंगै अरु हुन सक्ने जोखिमलाई ध्यान दिन सक्नु पर्दछ।

राजनितिज्ञ जोसेफ स्टालिनले भनेका थिए झएउटा मृत्यु दुस्खदायी हो तर हजारौं मृत्युहरु तथ्यांक हुन् ञ भने जस्तै मृत आत्माको चिर शान्तिको कामना गर्दै यो चुनौतीलाई अवसरको रुपमा लिन सक्नु पर्छ ।

यश महामारीवाट पाठ सिक्दै मानवजातीबिच सुमधुर सम्बन्ध गरि यो रोगलाई पराजय गर्नु पर्छु । साथै मानवजातीले आफ्नो भरपुर बुद्धि विवेकको प्रयोग गरि आफुलाई आफैले सहयोग गर्नु पर्छ ।

अतः विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएको निर्देशनको पालना गरि घरमै बसि , भिडभाडमा नगई, कोरोनाको शंका लागेमा क्वारेन्टाइन बसि र आफ्नो रोग प्रतिरक्षा क्षमतामा वृद्धि गरि कोभिड(१९ बाट बच्न सक्छौ ।

त्यसैगरी सकारात्मक सोचाई, उच्च मनोबल , व्याक्तीगत सरसफाई , स्वास्थ्य बानी वेहरा , जनस्वास्थ्यकर्मीको सहि सल्लाह , चिकित्सक तथा नर्सहरुको ज्ञान र सीप अनि सरकारको सकृयताले अवस्य पनि यो महामारीमाथी विजय प्राप्त गर्न सक्छौं ।

त्यसैले भ्रामक समाचारको पछि नलागौ , दिनमा एक पटक मात्रै समाचार सुनै र याद राखौ कोरोना तपाईंको घरमा आउदैन , तपाईं आफैले कोरोनालाई घरमा भित्र्याउनु हुनेछ यदि घरमा बस्नु भएन भने । “हामी सबैको रहर, कोरोना मुक्त गाउँ सहर “

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.