Friday, December 4, 2020

सशस्त्र प्रहरीद्धारा कञ्चनपुर पुर्ण सिल, आवत-जावतमा रोक

- Advertisement -

महेन्द्रनगर । भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कञ्चनपुरको सीमा क्षेत्र सिल गरिएको छ ।
सशस्त्र प्रहरीले नाका सिल गरि आवत जावत पुर्ण रुपमा रोक लगाएको छ ।

कञ्चनपुर प्रवेश नाका कृष्णपुर नगरपालिका– ६ को गुलरिया र पुनर्वास नगरपालिका– ११ डोकेबजार क्षेत्रबाट जिल्ला प्रवेश र बाहिरिन दिएको छैन ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले लकडाउनको नीतिअनुरूप जिल्ला प्रवेशमा पनि रोक लगाएको बताए ।

उनका अनुसार अन्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने मुख्य दुई नाका गुलरिया र डोकेबजारमा २४सै घन्टा सशस्त्र प्रहरीलाई खटाईएको छ ।  ‘जिल्लामा प्रवेश गर्न र बाहिरिन पनि दिदैनौँ ।, सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ’ एसी शाहुले भने ।

जिल्ला प्रवेश गर्न नदिएपछि कोरोना संक्रमणको जोखिम न्यूनीकरण हुने अनुमान गरिएको छ । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरीले थप दुई सय २० जनशक्ति परिचालन गरेर कसैलाई पनि प्रवेश नदिएको उनको भनाई छ ।

१४ सशस्त्र प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

लकडाउनकै वेला १४ चैतमा भीमदत्त नगरपालिका– ९ ब्रह्मदेव खल्लामेछेट्टीबाट ट्युब तरेर नेपाल प्रवेश गरेका बेदकोट नगरपालिका– १० चतहरीका ४१ वर्षीय युवकमा कोरोना पृष्टि भए पनि उनलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी बलका १४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

साहुले संक्रमितलाई पक्राउ गरेर क्वारेन्टाइन र्पुयाउने १४ जना सशस्त्र प्रहरीसहित जिपका चालक, मालिक र सहचालक गरी १७ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...

नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर : खानेपानी मन्त्री बिना मगर

कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया