Sunday, November 29, 2020

खानेपानीमन्त्रीद्वारा गृहनगरका चार स्थानीय तहलाई खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री सहयोग

- Advertisement -

कञ्चनपुर, ४ बैशाख
चीनको बुहान शहरबाट फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनसंगै स्वास्थ्य क्षेत्रको कार्यक्रम अघि बढाईरहेको छ । संघीय सरकारकी खानेपानीमन्त्री बिना मगरले गृहनगर कञ्चनपुरका चार स्थानीय तहमा खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेकी छिन् । प्रतिनिधी सभा सदस्य समेत रहेकी मन्त्री मगरले कञ्चनपुर क्षेत्र नम्बर १का चार स्थानीय तहलाई खाद्यान्नका साथै स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेकी हुन् ।
मन्त्री मगरका स्वकीय सचिव दिपक तिमिल्सिना ले चारै स्थानीय तह, बेलडाँडी, लालझाडी गाउँपालिका र बेलौरी, पुनर्वास नगरपालिकालाई खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका छन् । यस अघि सोमबार २५ क्विन्टलका दरले चारै स्थानीय तहलाई चामल हस्तान्तरण गरिएको थियो । बिहीबार मन्त्रीका स्वकिय सचिव तिम्लिसिनाले चारै स्थानीय तहका प्रमुखलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका छन् ।
मन्त्रीका स्वकीय सचिव तिमिल्सिनाले चारै स्थानीय तहलाई मास्क १८ हजार, स्वास्थ्यकर्मीका लागि स्वाथ्य सुरक्षा समाग्री पिपिई ९६ थान र १२ सय ८० थान साबुन वितरण गरिएको छ । सचिव तिम्लिसिनाका अनुसार बेलडाँडीलाई ४ हजार मास्क, २सय साबुन , १८ पिपिई, लालझाँडीलाई पनि बेलडाँडीकै जति ४ हजार मास्क, २सय साबुन , १८ पिपिई वितरण गरिएको छ । बेलौरी नगरपालिकालाई ५ हजार मास्क, पिपिई ३० थान र ४ सय साबुन र पुर्नवास नगरपालिकालाई पनि बेलौरीकै जति ५ हजार मास्क, पिपिई ३० थान र ४ सय ४० साबुन वितरण गरिएका हुन् । मन्त्रीका स्वकिय सचिव तिमिल्सिनाले बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापा, लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायक, बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी र पुनर्वासका नगरप्रमुख जिवनराज थापालाई उक्त समाग्री हस्तान्तरण गरेका छन् । राहत कार्यक्रममा नेकपा चारै स्थानीय तहका नेताहरुको उपस्थिति हरेको थियो ।
खानेपानी मन्त्री मगरले आफ्ना क्षेत्रका जनताका लागि खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री व्यक्तिगत रुपमा सहयोग गरेको स्वकिय सचिव तिम्लिसिनाले बताए । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोडिभ–१९) को संक्रमणबाट जोगिनका लागि खाद्य र सुरक्षा समाग्री सहयोग गरिएको खानेपानी मन्त्री मगरको सचिवालयले जनाएको छ । आगामी दिनमा समेत जनताको जिउधनको सुरक्षाका लागि सहयोग गरिने मन्त्रीको सचिवालयले प्रतिबद्धता जाहेर गरेको छ । मन्त्रीले व्यक्तिगत रुपमा गरेको सहयोगबाट आ–आफ्नो गाउँ तथा नगरपालिकालाई ठुलो राहत पुगेको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । स्थानीयले समेत खानेपानी मन्त्री बिनाले सहयोगको प्रसंसा गरेका छन् । स्थानीयले मन्त्रीको व्यक्तिगत सहयोग भन्दै थप हर्षित भएका छन् । ईतिहासकै सो क्षेत्रबाट निर्वाचित यस अघिका कुनैपनि संसद मन्त्री हुन नसेनन् । सो क्षेत्रबाट मन्त्रीले आफ्ना नागरिकको समस्या मध्य नजर गर्दै गरेको सहयोग अतुलनिय भएको टिप्पणी गरेका छन् । भारतसंग सीमा जोडिएका बेलडाँडी, बेलौरी र पुर्नवास नगरपालिका क्षेत्रमा थप सुरक्षा बल तैनाथ, आन्तरिक सुुरक्षा एव जनताका लागि राहत कार्यक्रम ल्याएर आउने मन्त्रीले क्षेत्रको लागि हदैसम्मको प्रयास थालेको स्थानीको भनाई छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जान्नुहाेस, निलो दाग बो क्सी ले रग त चुसेर देखिएकाे हाे...

मानिसकाे शरिरमा निलाे दाग देखा पर्याे भने बाेक्सिकाे आराेप लगाउने गर्छन् । के साँच्चै बाेक्सिले टाेकेकाे हाे त ? कहिले काहिँ देखिने याे दाग...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु यास्ता छन् जानिराखाैँ

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी...

जा’डोमा ता’तो तातो गु’न्द्रुक खानुको कति धेरै फाईदाहरु

दुः’ख वा अभा’वको खान्की भनिन्थ्यो, गुन्द्रुकलाई । तर, अहिलेका पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छन् । त्यसो त अहिले हाम्रो मेनुमा विश्वकै खानेकुरा उपलब्ध छ...

प्रे’शर हा’ई छ ? झुक्किएर पनि खा’नु हुदैन यस्ता कुरा

उच्च र’क्त’चाप व्य’वस्थापनका लागि सि’फारिस गरिएको खा’नपान व्य’वस्थालाई चि’कित्सा वि’ज्ञानमा दा’श खानपान वि’धि भनिन्छ । यो खानपान वि’धिलाई उच्च र’क्तचापको रो’कथाम र उ’पचार एवं...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया