Friday, December 4, 2020

“राहत वितरणमा राजनीति नगराैँ”

- Advertisement -

कञ्चनपुर, २ बैशाख ।
राहत वितरणमा राजनीति नगर्न खानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिमिल्सेनाले आग्रह गर्नुभएको छ । सबै मिलेर विपत्ति सामना गर्नुपर्ने बेला हुँदै नभएको कुरामा झुठा प्रचारबाजी गरेर कसैलाई फाईदा नहुने उहाँले बताउनुभयो ।
स्वकीय सचीव तिमिल्सेनाले यस प्रती सचिवालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुहुँदै त्यसमा कुनै सत्यता नभएको बताउनु भएको छ ।

लकडाउनका कारण अति विपन्न ज्यालादारी गरीखाने वर्गलाई वितरण गर्न खानेपानी मन्त्री बिना मगरले कञ्चनपुर क्षेत्रनम्बर १ को चारवटा पालिकाहरुलाई पच्चीस/पच्चीस क्विन्टलको दरले सोमबार चामल उपलब्ध गराउनुभएको थियोे । तर सो चामल गुणस्तरहीन र अखाद्य रहेको भन्दै केही व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि चर्चाको विषय बनेको थियोे ।

राहतको चामल अखाद्य रहेको चर्चा चलेपछि खाद्य सामाग्री उपलब्ध गराउने जगदम्बा रा.आ. एण्ड फ्लोर मिल बेलौरीले यसको खण्डन गरेको छ। आज पत्रकारहरु सँग कुरा गर्दै जगदम्बा रा.आ. एन्ड फ्लोर मिल बेलौरीका प्रोप्राईटर दिपेन्द्र बिष्टले अघिल्लो दिनको राती कुटाएर फ्रेस चामल उपलब्ध गराएको बताउँदै प्रचारबाजीमा कुनै सत्यता नभएको जिकिर गर्नुभएको छ ।

उहाँले कंचनपुरमा राहतमा जाने अधिकांस चामल आफ्नो मिलबाट गएको फ्रेस र गुणस्तरीय चामल भएको बताउनुभयो । उपलब्ध गराईएको खाद्यान्नको अहिलेसम्म कुनै सिकायत नआएको र
आफुले उपलब्ध गराएको चामल अखाद्य प्रमाणित भए त्यसको सम्पुर्ण क्षती व्यहोर्न र जिम्मेवारी लिन आफू तयार भएको बताउनु भयो । “प्रभु बैंकले पनि हामीबाटै लिएर राहत खाद्यान्न दिनुभएको छ त्यो सबै गुणस्तरीय भयो, मन्त्री बिना मगरले त्यही चामल दिदा कसरी अखाद्य भयो ?” प्रोपाईटर बिष्टले प्रश्न गर्नुभयो ।

यसरी नै बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरीले आफुहरुले पनि जगदम्बाबाटै लिएर राहत बाडेको र चामल एकदमै फ्रेस र गुणस्तरीय रहेको बताउनु भएको छ । लालझाडी गाँउपालिकाले पनी चामल गुणस्तरीय भएको बताएको छ।

बेल्डाँडीका स्थानीय पत्रकार विमल धामीले फेसबुक मार्फत चामल अखाद्य रहेको भन्ने हल्ला झुठो रहेको बताउनुभएको छ । चामल खान योग्य र गुणस्तरीय रहेको बताउनुहुँदै पत्रकार धामीले चामल ठिक छैन भन्नेले बेल्डाँडी आएर ठिक नभएको प्रमाणित गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रदेश सभा सदस्य खड्काद्वारा पुलको शिलान्यास टोटी नालामा

शुक्लाफाँटा नगरपालिकाको वडा १० मा पर्ने टोटीनाला सडकमा पुलको शिलान्यास गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लाल बहादुर खड्काले...

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...

नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर : खानेपानी मन्त्री बिना मगर

कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया