Tuesday, December 1, 2020

पत्रकार खड्काले गृहजिल्लामा गरे स्वास्थ्य सुरक्षा सामग्री सहयोग

- Advertisement -

महेन्द्रनगर ।
कोरोना भाइरस (कोडिभ–१९) संक्रमणको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मीसँग पर्याप्त सुरक्षा सामग्री उपलब्ध नभएको बेला पत्रकार रोशन खड्काले गृहजिल्ला कञ्चनपुरमा सहयोग गरेका छन् ।


कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भई काठमाडौंमा कार्यक्षेत्र भएका पत्रकार खड्काले बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन् ।
पत्रकार खड्काले पठाएका ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), ८०० थान सर्जिकल मास्क, २३ थान हेन्डवास र २० थान एन९५ मास्क स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौंपाटी डटकमका सम्पादक रहेका पत्रकार खड्काले आइतवार नेताद्वय पल्लभराज भट्टमार्फत बेलौरी नगरपालिका र अक्कलबहादुर विष्टमार्फत बेलडाँडी गाउँपालिकालाई सामग्री हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामग्री बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।


स्वास्थ्यकर्मीले कोरोनाका शंकास्पद बिरामीको उपचार गर्दा अत्यावश्यक मानिने पीपीई पत्रकार खड्काबाट प्राप्त भएर धेरै सहयोग भएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘हाम्रो गाउँपालिकामा स्वास्थ्यकर्मीलाई पीपीई अभाव थियो, सहयोग प्राप्त भएर अब सजिलो हुनेछ,’ अध्यक्ष थापाले भने ।
व्यक्तिगत सुरक्षाका लागि पीपीई नहुँदा स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न डराउने गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...

नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर : खानेपानी मन्त्री बिना मगर

कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया