सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योती क्याम्पसद्धारा ४५ विद्याथीलाई खाद्यान्न सहयोग

महेन्द्रनगर २९ चैत ।
कञ्चनपुरको महेन्द्रनगर स्थित अग्रिणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसले आफ्नो विद्याथीलाई खाद्यान्न विरतण गरेको छ ।
शनिबार क्याम्पसले ४५ जना विद्यार्थीलाई राहत वितरण गरेको सहायक क्याम्पस प्रमुख उमेश सिंह भण्डारीले बताए । उनका अनुसार लकडाउनको समयमा खाद्यान्न अभाव भएका विद्यार्थीलाई क्याम्पसले सहयोग हो ।

क्याम्पसले भीमदत्त नगरपालिकाको सहकार्यमा ३० हजार बराबर खाद्यान्न वितरण गरेको सहायक प्रमुख भण्डारीको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सहायक क्याम्पस प्रमुख उमेश सिंह भण्डारी ।

‘लकडाउनले खाद्यान्न अभाव भएको विद्यार्थीलाई पहिलो चरण अन्र्तगत दाल, चामल, तेल, साबुन र नुन वितरण गरेको छ ।’ उनले भने ‘अन्य समस्यामा परेका विद्यार्थीलाई थप सहयोग गर्ने हाम्रो योजना छ ।’

साथै उनले समस्यामा परेका विद्यार्थीलाई आफुलाई खबर गर्न समेत आग्रह गरेका छन् । त्यस्तै उनले खाद्यान्न वितरणमा सहयोग गरेकोमा भीमदत्त नगरपालिकालाई पनी धन्यवाद ज्ञापन गरे ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.