सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राहत जुटाउदैँ पुनर्वास नगरपालिकाः प्रभु बैंकद्धारा खाद्यान्न सहयोग

लाल ब.एसके
कोरोना रोकथामका लागि पुनर्वास नगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी हातहरु बढ्दै गएका छन् ।
नगरपालिको विपद् प्रकोप व्यवस्थान कोषमा व्यक्ति तथा संस्थाहरुले नगद तथा जिन्सी सहयोग आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।

बिहीबार प्रभु बैंक लिमिटेडले ५० हजार बराबरको खाद्यान्न समाग्री दिएको छ ।  बैंकले पुनर्वासका प्रमुख गौरब शर्माले खाद्यान्न हस्तान्तरण गरे ।

पुनर्वास ईसाई समाजका कोषाध्यक्ष कर्ण्जित तामाङ्गले ५४ हजार ३०५ रुपैया हस्तान्तरण गरे । सामग्री र सिद्धार्थ पब्लिक स्कुल पुनर्वास ६ का प्रीन्सिपल संजय थापाबाट २५ हजार सहयोग गरे । त्यसैगरी व्यवसायी दाउत तामाङबाट पच्चीस हजार बराबरको चामल समेत कोरोना राहत कोषलाई प्राप्त गराउनुभएको छ ।

World Link Ads
Mahakali Polytechnic

राहत कोषमा यसभन्दा अघि पुनर्वास (५, निवासी पुनर्वास नगर खेलकुद विकास समितिका कार्यक्रम संयोजक तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्वास नगर कमिटी सदस्य खडक विक्रम थापाले रु.२५ हजार, नगर प्रवक्ता भारमल सुनारबाट ११हजार सहयोग रकम जम्मा गरिएको छ ।

(विश्वब्यापी रुपमा फैलिरहेको कोराना भाइरस(कोभिड (१९) को महामारीको कारण खाद्यान्न संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै प्रभु बैंक लिमिटेड सुदुर पश्चिम प्रदेश कार्यालयले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतप्रदेश कार्यालयवाट सुदुर पश्चिमका दशवटा स्थानीय तहमा रु पाँच लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

 

Sana Kishan

सो रकम बराबरको खाद्य सामग्री सुदुर पश्चिम अन्तरगतका स्थानीय तह धनगढी उपमहानगर पालिका,गोदावरी नगरपालिका,टिकापुर नगरपालिका,भिमदत्त नगरपालिका , शुक्लाफाटा नगरपालिका,पुनर्वास नगरपालिका,बर्दगोरिया गाउँपालिका,कमलबजार नगरपालिका,साफेबगर नगरपालिका र नवदुर्गा गाउँपालिकालाई उक्त ठाउँहरुमा रहेका प्रभु बैंकका शाखा कार्यालयहरुको माध्यमद्वारा वितरण गरियो ।

बैंकले विकराल महामारी नियन्त्रण तथा रोकथामका लागि सहयोगार्थ स्वरुप संघीय सरकारलाई एक करोड एकलाख हस्तान्तरण गरिएको जानकारी प्रभु बैंक लिमिटेडका सुदुर पश्चिम प्रमुख नन्दराज जोशीले जानकारी दिनुभयो ।

 

पुर्नवासका नाका भएर भारतबाट एक सय ४७ महिला र ६सय ४५ पुरुष आएका थिए । नगरपालिकाले सीमा क्षेत्रदेखि ग्रामिणभेगतिर सचेतना कार्यक्रम संचालन गरेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.