Tuesday, November 24, 2020

प्रभु बैंकद्धारा सुदूरपश्चिमका १० वटा स्थानीय तहलाई ५ लाख बराबरको खाद्यन्न हस्तान्तरण

- Advertisement -

महेन्द्रनगर । लक डाउनका कारण खाद्यान्न समस्या भएका अति विपन्न तथा मजदुरहरुका लागि प्रभु बैंक लिमिटेड सुदुर पश्चिम प्रदेश कार्यालयले राहत हस्तान्तरण गरेको छ ।

बैकंको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिमका १० वटा स्थानीय तहलाई झण्डै ५ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

विश्वब्यापी महाकारीका रुपमा फैलिरहेको नोबेल कोराना भाइरस (कोभिड १९ ) को संक्रमण फैलिन नदिन सरकारले तीन सातादेखि जारी राखेको लक डाउनका कारण गरीव तथा ज्यालादारी खाने वर्गलाई छाक टार्न समस्यालाई मध्यनजर गरि बैंकले खाद्य सामाग्री सहयोग गरेको प्रभु बैंक लिमिटेडका सुदुर पश्चिम प्रमुख नन्दराज जोशीले बताए ।

उनका अनुसार बैंकले कैलालीको धनगढी उपमहानगर पालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, पुनर्वास नगरपालिका, अछामको कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका र नवदुर्गा गाउँपालिकालाई स्थानीय शाखा मार्फत वितरण गरेको हो ।

प्रभु बैंक लिमिटेडका सुदुर पश्चिम प्रमुख जोशीले महा विपत्तिमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायीत्व भएको महशुस गर्दै संघीय सरकारलाई बैंकका तर्फबाट केन्द्रीय स्तरमा एक करोड रुपैया दिएको र प्रदेशस्तरमा पनि सक्दो सहयोग जारी राखेको बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा...

घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले...

किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाउन थाल्यो !

बैतडी : पछिल्लो समय बैतडीमा किसानहरुले गरेको तरकारी उत्पादनले बजार पाउन थालेको छ । लामो समयदेखिको कोरोना महामारीका कारण बाहिरबाट तरकारीको आयात बन्द हुदा जिल्लामा...

९५ रुपैयाँमै टेलिकमको भ्वाइससहित ८ जीबी डेटा प्याक, फेसबुक र युट्युवमा...

नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वको अवसरमा विभिन्न छुट र अफर सहितको नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका...

भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ । विगतका वर्षहरूमा १५ देखि २५...

आज बुधवार सोच्नै नसकिने गरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार...

आज बुधवार सुनको मूल्य बढेको छ । मंगलवार ३ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरि बढेको छ । बुधवार सुन तोलामा १०० रुपैयाँले बढेर ९४...

कञ्चन झलारी बचत तथा ऋण सहकारीद्वारा ६७ करोड बढीको कारोबार

शुक्लाफाँटा नगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहेको कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कुल ६७ करोड ८०...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया