सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुप-विश्वविद्यालयका उपप्राध्यापक हर्ष चन्दद्धारा नगरपालिकालाई खाद्यान्न हस्तान्तरण

महेन्द्रनगर २६ चैत ।  महेन्द्रनगरको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपप्राध्यापक हर्ष बहादुर चन्दले भीमदत्त नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।

उनले बुधबार भीमदत्त नगरपालिकालाई १० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेका हुन् । जसमा ५ कठ्ठा चामल, ३ हजार बराबरको दाल र १ पेटी तेल रहेको छ ।

आर्थिक अवस्था कमजोर भएको परिवारलाई खाद्यान्न वितरणका लागि नगरपालिकालाई खाद्यान्न वितरण गरेको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

विद्यार्थीलाई पनि खाद्यान्न सहयोग गर्ने घोषणा

Dirghayu Ads

त्यस्तै विश्वविद्यालयको गणित विषयका उप प्राध्यापक रहेको चन्दले हाल महेन्द्रनगरमा डेरा गरि बस्दैँ आएका विद्यार्थीलाई खाद्यान्न सहयोग गर्ने बताएका छन् ।

उनले लकडाउनको समयमा विश्वविद्यालयमा अध्ययरत विद्यार्थीलाई खाद्यान्न समस्या भएमा आफुले सक्दो सहयोग गर्ने बताए ।

साथै समस्यामा परेका विद्यार्थीलाई आफुलाई सम्पर्क गर्न आग्रह गरेको छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.