Friday, December 4, 2020

युवा नेता सरलद्वारा खाद्यान्न सहयोग जारी

- Advertisement -

कृष्ण नेपाली _सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका युवा नेता ओम बिक्र्म भाट सरलले कञ्चनपुरका तीन स्थानीय तहमा भारी परिमाणमा खाद्यान्न सहयोग गरेका छन् । सोमबारदेखि खाद्यान्न सहयोग हस्तान्तरण जारी राखेका नेकपा युवा नेता सरलले मंगलबार शुक्लाफाँटा नगरालिकालाई हस्तान्तरण गरेका छन् । नेकपा क्षेत्र नम्बर २का संयोजक रण बहादुर महरा र सचिव चन्द्रकान्त भट्ट(सिके) मार्फत शुक्लाफाँटा नगर प्रमुख दिल बहादुर ऐरलाई राहत हस्तान्तरण गरिएको हो । सत्ताधारी नेकपा निकट अनेरास्ववियु कञ्चनपुरका युवा नेतान किशोर भट्टले शुक्लाफाँटा नगरका प्रमुख ऐरलाई नेकपा क्षेत्र नम्बर २का संयोजक महरा र सचिव भट्टले राहत हस्तान्तरण गर्दै गरिब, विपन्न दैनिक मजदुरी गरि गुजारा चलाउने परिवारका लागि खाद्य समाग्री पारदर्शी ढङगबाट वितरणमा जोडदिए । नेकपा सुदूरपश्चिमका सदस्य सरलले कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरका गरिब विपन्न एव दैनिक ज्यालागरि गुजारा चलाउने मजदुरका लागि भन्दै स्थानीय तहलाई खाद्यान्न सहयोग गरेका थिए ।

बेदकोट नगरपालिका १० निवासी सरल हाल काठमाण्डौँमा बस्दै आएका छन् । सरलले शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरलाई पत्र पठाउदै उक्त राहत कोरना भाईरसको संक्रमणणबाट प्रभावित समुदायलाई राहत दिलाउनका लागि स्थानीय तह अनुरुप २० क्विन्टलका दरले चामल सहयोग गरेको जनाएका छन् । कोरना बिरुद्ध एकजुट हुन समेत नेता सरलले आब्हान गरेका छन् । कृष्णपुर नगरालिका जस्तै शुक्लाफाँटा र बेदकोट नगरपालिकामा समेत २०क्विन्टलका दरले चामल हस्तान्तरण गरिने छ । नेकपा क्षेत्र नम्बरका संयोजक रण बहादुर महरा, सचिव चन्द्रकान्त भट्ट९सिके० बेदकोट नगरका अध्यक्ष लाल परिवार, नेकपा युवा नेता केपी कलौनी सहितका नेकपा क्षेत्र नम्बर २ का नेता कार्यकर्ताहरुले उक्त राहत रकम स्थानीय तहलाई हस्तान्तरण गरेका थिए । नेकपा सुप प्रदेशका सदस्य ओम बिक्रम भाट ९सरल०ले हस्ताक्षर गरेको पत्रमा कोरना भाईरस बिरुद्ध नगरपालिकाले चाल्ने हरेक अभियानमा सकृया साथ र सहयोगको बचन सहित प्रतिबद्धता जाहेर गरिएको छ ।

सरलले आफु अनुपस्थित भएपनि नेकपा नेता कार्यकर्ता मार्फत स्थानीय तहलाई संकटको घडीमा खाद्यान्न समाग्री हस्तान्तरण गरेपछि स्थानीय तहका जनप्रतिनिधीले सरललाई धन्यवाद दिदै उनीप्रति आभार प्रकट गरेका छन् । स्थानीय तहले यस्तै सहयोगको अपेक्षा समेत गरेका छन् । नेकपा नेताले दिएको राहत बुझ्दै शुक्लाफाँटा नगरका प्रमुख दिल बहादुर ऐरले राहत सदुपयोग गर्दै गरिब, विपन्न दैनिक रुपमा ज्याला मजदुरी गरि गुजारा चलाउने समुदायलाई निष्पक्ष ढङगबाट वितरण गर्ने बचन दिएका थिए । महामारीको घडीमा आफु अनुपस्थित भएपनि सहयोगी मार्फत खाद्यान्न सहयोग गरेको भन्दै मेयर ऐरले सरलप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया