सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रिवेणी नगरपालिकाले राहत वितरण गर्दै

भारतबाट त्रिवेणी नगरपालिकामा आएका दश जनालाई क्वारेन्टाईनमा

गगन अयडी, बाजुरा, २५ चैत्र । बाजुराको त्रिवेणी नगरपालिकाले लामो समयदेखिको लकडाउनका कारण नगरपालिका भित्रका गरिब र विपन्न परिवारलाई दैनिक छाक टार्न समस्या भएपछि राहत वितरण गर्ने निर्णय गरेको छ । मंगलबार त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिं रावलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बुधबार देखि नगरमा रहेका ३ हजार ६ सय ५४ विपन्न तथा गरिब घरपरिवारलाई राहत वितरण गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख रावलका अनुसार, प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ पोका तेल, १ पोका नुन ,२ टिक्कि साबुन दिने निर्णय गरिएको छ । वडाले खरिद गरी विपन्न परिवारको घरघरमा गई राहत वितरण गर्ने छ । पहिलो चरणमा अपुग भए दोस्रो चरणमा पनि वितरण गर्ने निर्णय गरेको छ । नौ वटा वडा रहेको उक्त नगरपालिकाले एक वडाबाट अर्को वडामा जान नपाउने निर्णय पनि गरेको छ । हालै कञ्चनपुर र कैलाली हुँदै त्रिवेणी नगरपालिकामा पुगेका  दश जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

Sana Kishan

नेपालबोध बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.