Tuesday, November 24, 2020

लकडाउन सकिएलगत्तै ६ लाखलाई रोजगारी दिने सरकारको तयारी

- Advertisement -

काठमाडौं । वैदेशिक रोजगारमा जान स्वीकृति पाएर पनि कोरोना भाइरसका कारण जान नपाएका र स्वदेशमा बेरोगार भएका ६ लाख नागरिकलाई लकडाउन खुलेलगत्तै रोजगारी उपलब्ध गराउने तयारी सरकारले गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारलाई सूचीकृत गरी १०० दिन बराबरको रोजगारी दिनेगरी गृहकार्य अघि बढाइएको छ ।

‘वैदेशिक रोजगारमा जान नपाएका, बिदामा आएका, मुलुकभित्र काम नपाई रोजगार केन्द्रमा सूचीकृत भएका सबैलाई समेटेर प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाउने गरी तीव्र रूपमा तयारी बढाएको छौं,’ श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले भने । उनका अनुसार वैदेशिक रोजगारमा जान नपाएकाहरूको आर्थिक अवस्था मूल्यांकन गरेर मात्रै रोजगारी दिइनेछ । त्यस्तो मूल्यांकन गर्ने जिम्मा स्थानीय तहले पाउनेछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सचिवालयका अनुसार हालसम्म १३ लाख नेपाली सूचीकृत भएका छन् । तीमध्ये यस वर्ष ५ लाखलाई काममा खटाउने सरकारको तयारी छ । त्यस अतिरिक्त वैदेशिक रोजगारमा जान नपाएका र बिदामा आएका करीब १ लाखलाई समेत रोजगारी दिने सरकारको तयारी छ ।

‘सूचीकृत भएजति सबै काममा आउँछन् भन्ने छैन, त्यसैले ६ लाखलाई रोजगारी दिनेगरी तयारी अघि बढाइएको छ,’ प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले भने । उनका अनुसार वैदेशिक रोजगारमा जान नपाएका तर प्रधानमन्त्री रोजगार कार्यक्रममा यसअघि सूचीकृत नभएकालाई सरकारले मौका दिनेगरी गृहकार्य गरिरहेको छ । सूचीकृत हुन म्याद थप्नेबारे सरकारले १ हप्ताभित्रै निर्णय लिने उनको भनाइ छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सचिवालयका अनुसार बेरोजगारलाई रोजगारी दिन ७५३ स्थानीय तहमध्ये ७०१ ले आयोजना तथा कार्यक्रम श्रम मन्त्रालयबाट स्वीकृत गराइसकेका छन् । त्यस्ता कार्यक्रम सञ्चालन गर्न हालसम्म २ अर्ब ३० करोड उनीहरूले पाइसकेका छन् । उक्त रकमबाट सरकारले बेरोजगारलाई रोजगारी दिनेगरी गृहकार्य अघि बढाएको श्रम मन्त्रालयको भनाइ छ ।

चैतबाटै प्रधानमन्त्री रोजगार कार्यक्रम तीव्र रूपमा सञ्चालन गर्ने कार्यतालिका रहे पनि कोरोना भाइरसका कारण लागेको लकडाउनले कार्यक्रम प्रभावित भएको अधिकारीहरूको भनाइ छ । उनीहरूका अनुसार हालसम्म सो कार्यक्रमअन्तर्गत कर्मचारीको तलब भत्ता, कार्यालय सञ्चालनमा ५० करोड रुपैयाँ खर्च भएको छ भने अरू रकम खर्च भएको छैन ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत रू. ५ अर्ब १ करोड छुट्ट्याएको थियो । यस कार्यक्रमलाई सहयोग गर्न विश्व बैंकले करीब १४ अर्ब सहुलियत ऋण स्वीकृत गरिसकेको छ । उक्त ऋणअन्तर्गत यो वर्ष २ अर्ब ६२ करोड खर्च गर्ने सरकारको लक्ष्य छ ।

तर, ऋण परिचालनको स्पष्ट कार्य्विधि बन्न नसक्दा यो रकम विश्व बैंकबाट आउन भने सकेको छैन । कार्य्विधि अन्तिम चरणमा रहेको र १ हप्ताभित्रै श्रम मन्त्रालयले विश्व बैंकलाई पठाउने तयारी गरिरहेको अधिकारीहरूले बताए ।

गत आर्थिक वर्षमा सरकारले यस कार्यक्रमअन्तर्गत १ लाख ८८ हजारलाई १३ दिनको काम दिएको र ७ हजार ४०० सानाठूला परियोजना सोही कार्यक्रमबाटै अघि बढाइएको श्रम मन्त्रालयले बताएको छ ।

अर्थशास्त्री केशव आचार्य बेरोजगारलाई लक्षित गरी सरकारले अघि बढाउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन जरुरी रहेको बताउँछन् । ‘अघिल्ला वर्षमा व्यापक दुरुपयोग भएको देखियो, लक्षित क्षेत्रमा सरकारले खर्च भए÷नभएकोबारे अनुगमन गरेर यसको प्रभावकारिता देखाउनुपर्छ,’ उनले भने ।

आचार्यका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमजस्तै प्रकृतिका युवा स्वरोजगार कोष, गरीबी निवारणजस्ता कोषलाई एकीकृत गरी कोरोनाका कारण रोजीरोटी गुमाएकाहरूलाई सरकारले रोजगारीका अवसर उपलब्ध गराउन जरुरी छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया