सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा विपन्न र असाहय परिवारलाई खाद्यान्न वितरण सुरु

महेन्द्रनगर २५ चैत । कञ्चनपुरको वेदकोट नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका नगरवासिलाई खाद्यान्न वितरण सुरु गरेको छ ।

नगरपालिकाले नगरका ज्याला मजदुरी गर्ने, बिपन्न ,अशक्त, असाहय परिवारलाई खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।
नगर प्रमुख अशोक कुमार चन्दले राहत स्वरुप नगरवासिलाई खाद्यान्न वितरण सुरु गरिएको बताए ।

उनका अनुसार नगरपालिकाको वैठकले ज्याला मजदुरी गर्ने, विपन्न ,अशक्त, असाहय परिवारलाई परिवारको पहिचान गरि तत्कालका लागि खाद्यान्न सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मंगलवारदेखि खाद्यान्न वितरण सुरु भएको उनको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

खाद्यान्न वितरणका लागि कार्यविधी तयार गरिएको छ । आज पहिलो दिन बेदकोट नगरपालिका–१, २, ३, ४, ८, ९ र १० मा सुरु भएको छ ।

छनोटमा परेका परिवारलाई प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, नुन २ किलो,साबुन र मास्क वितरण गरिनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.