Saturday, November 28, 2020

बैतडीका ८ वटा सीमा नाका बन्द

- Advertisement -

बैतडी – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी ?पमा फैलिरहेकाले डुंगाबाट आवतजावत हुने बैतडीका तल्लोसोराडकााट बन्द गरिएको छ। महाकाली नदीमा डुंगा चढेर ओहोरदोहोर हुन ८ वटा घाट अनिश्चित कालको लागि बन्द गरिएको हो। बैतडीको झुलाघाट सीमानाका भने खुला गरिएको छ।

सीमानाकामा स्वास्थ्य परीक्षण गरेर आवतजावत खुला गरिएको हो। केही दिन अघि शिवनाथ गाउँपालिकामा बसेको सरोकारवालाह?को बैठकले तल्लोस्वराडका चारवटा घाटमा हेल्थ डेस्क स्थापना गरेर आवतजावतको व्यवस्था गर्ने निर्णय गरे पनि आवश्यक स्वास्थ्य परीक्षण र स्वास्थ्यकर्मीको व्यवस्था हुन नसक्दा सबै घाट बन्द गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।

शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि सबै घाटबाट आवतजावत बन्द गरेको हो। तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनाराका स्थानीय भारतीय बाटो भएर आवतजावत गर्दै आएका छन्। सीमा नदीमा पुल नहुँदा डुंगामा जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।

घाट बन्द भएपछि नयाँ वर्षमा भारतीय सहरबाट फर्कने स्थानीय समस्यामा परेका छन्। बैतडीमा झुलाघाट सीमा नाका मात्र खुला गरिएको छ। स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राखिएपछि झुलाघाट नाकाबाट भने आवतजारी भइरहेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

झुलाघाट नाकाबाट दैनिक करिब पाँच सयले आवतजावत गर्दै आएका छन्। हालसम्म कुनै पनि संक्रमित फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। सुदूरपश्चिमेलीह?ले नयाँ वर्षमा मनाउँदै आएको बिसुको लागि भारतीय सहरमा काम गर्दै आएका स्थानीय घर फर्कने क्रम बढदै गएको छ।

भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले सतर्कता अपनाउन सीमामा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन।

हेल्थ डेस्कबाट स्वास्थ्य परीक्षणका साथै कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानीबारे परामर्श र जानकारीमुलक पर्चासमेत वितरणको व्यवस्था मिलाइएको दशरथचन्द नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया