कञ्चनपुरको दक्षिणी क्षेत्रमा संयुक्त सर्वे टोलीको सीमा नक्साकनपछि विवाद भएपछि स्थानीय जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् ।
शुक्रबार वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द र बेडडाँडी गाउपालिका अध्यक्ष धन बहादुर थापा लगायतका स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायले संयुक्त अनुगमन गरेका हुन् ।
संयुक्त सीमा सर्वे टोली गरिरहेको सीमा सर्वे गत हप्ता स्थानीयको विरोधपछि स्थगीत भएको छ । स्थानीयको पुर्जासहितको जमिन भारतमा परेपछि स्थानीयले विरोध गरेका थियो । वेलडाँडी गाउँपालिका ३ बैभास्थीत ५८४ सीमा पिल्लरबाट विवाद उत्पन्न भएको हो । उक्त क्षेत्रको नेपाली पुर्जावाला जमिन संयुक्त सीमा सर्वे टोलिले भारतमा देखिएको छ ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले नेपाल पक्षको भुमी भारतमा परेपछि विवाद उत्पन्न भएका बताए । उनका अनुसार सुर्वेपछि सयौँ विघा जमिन भारतमा परेको छ । सर्वेपछि सडक र नहर समेत सीमा क्षेत्रमा देखिएपछि शंका उत्पन्न भएको उनले बताए । संकटकालको बेला भएको सीमा सर्वेका नेपाली अधिकारीले भारतसँगको मिलोमतोमा गलत सिमाङन गरेको हुन सक्ने उनको आरोप समेत ।
साथै उनले नेपाली भुमी मिच्न नदीने तथा दोसीलाई कारर्वाहीको माग गरे । त्यस्तै स्थानीयले आफ्नो पुर्जावाला जमिन भारतमा परेपछि स्थानीयले आपक्ति जनाएका छन् ।
त्यस्तै वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले विवाद आएपछि स्थलगत सीमा अनुगमन गरिएको बताए । उनका अनुसार नेपाली भुमी मिचिएको खबरपछि स्थलगत अनुगमन गरेको बताए । स्थानीय लाहानु चौधरी आफ्नो पुर्जावाला जमिन भारतमा परेको बताए । उनले नेपाली भुमी भारतमा परेपछि स्थानीयले विरोध जनाए ।
स्थानीयले सीमा क्षेत्रको पुनरावलोकन गर्न समेत माग गरेका छन् । बेलडाँडी, बेलौरी र पुर्नवास क्षेत्रको अधिकाशं जमिन भारतमा देखिएको छ ।