सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको परीक्षण चैत ३ गतेदेखि हुने

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण चैत ३ गतेदेखि हुने भएको छ ।

आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडवक्र्सका संरचनाहरुको प्राविधिक परीक्षण चैत ३ गतेदेखि २२ गतेसम्म हुने आयोजनाले जनाएको छ ।

यस अवधिमा आयोजनाको जलाशय तथा बालुवा थिग्राउने पोखरीमा पानी भर्ने काम गर्न लागिएको छ । यसको लागि नदीको पानी रोक्ने र छोड्ने गरिरहनुपर्ने भएकाले नदी किनारका बासिन्दालाई सुरक्षित रहन आयोजनाले सूचना जारी गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

परिक्षणको लागि कुनै बेला एकैपटक ठूलो मात्रामा पानी छोड्नुपर्ने भएकोले बाँधभन्दा तल्लो तटीय क्षेत्रअन्तर्गत तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिंगटी बजारसम्म तामाकोशी नदीमा पानीको सतह बारम्बार धेरै घटबढ भइरहने आयोजनाले जनाएको छ ।

Sana Kishan

दोलखाको सिंगटी बजारदेखि सिन्धुलीको खुर्कोटमा पर्ने तामाकोशी र सुनकोशी नदीको दोभानसम्म तामाकोशी नदीको पानीको सतह घटबढ भइरहने भएकोले तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजानेजस्ता काम नगर्न आयोजनाले अनुरोध गरेको छ ।

यससम्बन्धी सूचना तामाकोशी–सुनकोशी दोभानसम्म तामाकोशी नदीले छुने सबै पालिका तथा दोलखा र रामेछाप जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पठाइसकिएको आयोजनाले जनाएको छ ।

सचेतनाको सूचनालाई अवज्ञा गरी नदी किनारमा गएर कुनै दुघर्टना भएमा आयोजना जिम्मेवार नहुने माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ । यसबारे सूचना लिनुपर्ने भए ०४९ ४१३००३ वा ०४९ ४१३००५ मा सम्पर्क गर्न आयोजनाले अनुरोध गरेको छ ।

उज्यालाे अनलाइनकाे सहयाेगमा

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.