Wednesday, January 20, 2021

गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल २०२१ सञ्चालन हुने

- Advertisement -

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल सञ्चालनमा ढिलाइ हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार विमानस्थलको भौतिक संरचनाको निर्माण करीब ८५ प्रतिशत सकिएको छ । तर, प्राविधिक कामअन्तर्गत उपकरण जडानको काम बाँकी छ । त्यसैले यो सञ्चालनमा आउन करीब ६ महीना लाग्ने र व्यावसायिक रूपमा सञ्चालनमा आउन झन्डै १ वर्ष लाग्ने देखिन्छ ।

भौतिक संरचना तयार भइसक्दा पनि कोरोनाको प्रभावले उपकरण जडानलगायत काम प्रभावित हुने भएकाले गौतमबुद्ध विमानस्थलको सञ्चालन मिति केही लम्बिने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए । ‘भौतिक संरचनामा समस्या छैन । तर, आवश्यक उपकरण चीनबाट ल्याउनुपर्ने छ । जुन काम कारोनाको कारण ढिला हुने देखिन्छ । यसले समग्र परियोजनालाई असर गर्छ,’ उनले भने ।

विमानस्थल सञ्चालनमा आउन केही महीना ढिला भए पनि समग्र परियोजना ‘कन्ट्रोल’ भन्दा बाहिर भने नभएको उनले बताए । सबै काम सकेर विमानस्थल सञ्चालनमा आउन सन् २०२१ कुर्नुपर्नेे उनले बताए । ‘टर्मिनल भवनमा जडान हुने उपकरणका लागि आयोजनाका अधिकारीले चीनमा रहेको फ्याक्ट्रीको स्थलगत निरीक्षण गर्न (एफएटी) जानुपर्ने हुन्छ ।

कोरोनाका कारण त्यो काम रोकिएको छ,’ उनले भने, ‘यी उपकरण चीनबाट ल्याउनुपर्नेछ । विमानस्थलको टर्मिनल भवनको फिनिसिङको काम जारी छ । ब्यागेज ≈यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । मेशिन जडानमा थप समय लाग्न सक्छ ।’

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा उद्घाटन गरिएको थियो । ठेकेदार कम्पनीको ढिलाइ, स्थानीय अवरोध, मधेश आन्दोलन र कच्चा सामग्री अभाव जस्ता कारणले पटक पटक म्याद थपिएको छ ।

पछिल्लो पटक सन् २०२० को मार्च महीनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । आयोजनामा चिनियाँ कामदार केही समय क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले तत्कालका लागि केही अवरोध सृजना भएको निर्देशक अधिकारीले बताए ।

विमानस्थल निर्माणमा ११४ चिनियाँ कामदार छन् । यीमध्ये चीन गएका कतिपय कामदार उतै छन भने नेपाल आएका छ जना कामदार पनि अहिले क्वारेन्टाइनमा बसेका छन् । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रूपले निर्माण गरिरहेको छ ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रू. ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जानकारी दिएको छ ।-आर्थिक अभियान

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो ! प्रतितोला कतिमा कारोबार हुदैं ?

काठमाडौं : स्थानीय बजारमा पहेंलो धातुको मूल्य बुधबार प्रतितोला रु ५०० ले उकालो लागेको छ। प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन...

मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रमबाट उखु किसान लाभान्वित

कञ्चनपुर,माघ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम मार्फत उखु खेतीका लागि अनुदानमा बीउबिजन, मलखाद तथा यन्त्र उपकरण वितरण गर्न थालेपछि...

देशको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ खर्ब लाग्ने !

काठमाडौं- कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले...

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने...

भजनी। कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु...

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

काठमाडौं । आर्थिक वर्ष २०७६र७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी...

डिजेल र पेट्रोलको भाउ बढ्यो !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले...

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

उमेश प्रसाद बडु ,धनगढी                                    जिभी मोबाईल्स ईन्डियाको...

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको...

नेपाल राष्ट्र बैंकको प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया